प्रचण्डको दोस्रो मौका !

कृष्णप्रसाद शर्मा
हरेक बर्षक केही मान्छेहरू सगरमाथा चढ्छन् तर एउटै मान्छे पटक पटक सगरमाथा चढेको भने कम हुन्छन् । त्यसै जीवनभर राजनीतिमा लागे पनि एक पटक सत्तामा भनौ वा कार्यकारीपदमा पुगे पनि पटक पटक भने कमै पुग्छन् । सबै राजनीतिकर्मीलाई बेलायतका डेभिड क्यामरुन र अमेरिकाका बराक ओबामालाई जस्तो दुई कार्यकाल चलाउने मौका आउँदैन । नेपालमा पनि केहीलाई पटक पटक सरकार प्रमुख देखियो तर पनि उनिहरूले जनताको जीवनमा खासै परिवर्तन ल्याएनन् । काँग्रेसबाट पटक पटक सरकारमा गए पनि खासै उल्लेखनिय काम हुन सकेन । माओबादीले १० बर्षसम्म गरेको जनयुद्धबाट प्राप्त कतिपय नयाँ कुराहरूलाई अरू संसदिय प्रणालीमा लामो समय बिताएका राजनैतिक दलहरूले समेत स्वीकार गरेर अगाडी बढ्नु परेका कारण माओबादीले दोस्रो पटक सत्ताको नेतृत्व लिंदा सबैको चासो हुनु स्बभाविकै हो । अझ देशमा राजतन्त्र फालेर गणतन्त्र ल्याउने, समावेशी र समानुपातिक सहभागिता मार्फत जनतालाई संबिधानसभा मार्फत संबिधान बनाउने उद्देश्यले जारी गरेको जनयुद्धमा करीब १७ हजारले गुमाएको ज्यान र अरु क्षतिका कारण पनि अरूले सत्तामा पुगेर नगर्दा भन्दा माओबादीले नगर्दा आलोचित हुनु स्वभाबिक मान्नु पर्छ ।
शान्ति प्रकृया पछि पहिलो पटक माओबादीले सत्ताको चाबी समाते पछि धेरै जनताहरू आशाबादी र उत्साहित पनि थिएकी अब केही गर्छ माओबादीले भन्ने । किनकी उसले भनेको गणतन्त्र र संबिधानसभा बनि सकेको थियो । तर सोचे अनुरुप माओबादीले काम गर्न सकेन त्यसैले माओबादी जनताको आलोचनाको तारो बन्यो । संसदीय प्रणालीको अभ्यासमा पोख्त नभएको कारण पनि हुन सक्छ पहिलो पटक देशमा गर्न सक्ने र जनताले खोजेको बिकास भन्दा राजनैतीक र व्यक्तिगत टकरावका कारण राजिनामा दिनु पर्ने अवस्था भयो । केही महिनामा अवकाश हुन लागेका सेनापतिलाई हटाउन कसिनु, पशुपतिको भट्टलाई हटाउन खोज्नु र राष्ट्रपतिको खेलमा देखिएका काँचोपनका कारण राजिनामा दिएर हिड्नु पर्यो । माओबादीले पहिलो पटक पाएको मौकामा केही गर्न सकेन जनताले दोस्रो संबिधानसभामा साईज घटाई दिए । पहिलो संबिधानसभाका बेला पटक–पटक सबैलाई हेरियो अब एक पटक माओबादीलाई पनि भोट दिएर हेरौ भनेर जीवनभर अरु पार्टीलाई दिएकाहरूले पनि भोट दिए तर भोटको सम्मान नभए पछि दोस्रो संबिधानसभामा तेस्रो स्थानमा पु¥याईदिए ।
केपी ओलीको सरकारले देश बिकासका सपना देखाई रहेकै बेला कुनै भिन्नखालको एजेण्डा नभए पनि सत्तामा पुग्न आकांक्षी बने पछि अगामी ९ महिनाका लागि कांग्रेसले साथ दिएर माओबादीका प्रचण्ड पुनः एक पटक प्रधानमन्त्री हुन पुगेका छन् । यो मौका उनको व्यक्तिगत रुपमा दोस्रो र पार्टीलाई पनि अन्तिम मौका हुन सक्छ यदि पहिलो पटक आँफुले चलाएको सरकारको समिक्षा र मुल्याङक राम्रोसगँ गरेर काम गरेन भने । अहिले प्रचण्डका लागि तोकिएको समय मात्र छ भनौ नौ महिनामा छोड्नु पर्छ प्रधानमन्त्रीको पद । यो नौ महिनामा उनले हरेक घण्टा हिसाब किताब गरेर काम गर्नु पर्दछ । आज प्रधानमन्त्री भएको एक हप्ता पुग्छन् । सपथ खाँदा कै दिन भूकम्प पीडितलाई पहिलो किस्ता रकम ४५ दिन भित्र दिन निर्देशन दिएका छन्भने दोस्रो दिन मेधश आन्दोलनमा मारिएकाहरूलाई १० लाख दिने निर्णय र अघिल्लो सरकारले सिफारिश गरेका १४ राजदुतको बदर गरेका छन् । यो दोस्रो दिनको काम कति जायज छ पछि थाहा होला । माओबादीले देश बिकासका लागि केहि कदम चाल्नु पर्ने अनिवार्य एकातिर छभने अर्को तिर पार्टीले बेलामौकामा बाँढेका सपना जुन राजनैतिक साथै पार्टी बचाउने प्रमुख एजेण्डा समेतको संबोधन गर्न अनिवार्य छ । यसका आलवा पार्टीमा पुगे पछि पुरा गर्ने दिनानुदिनका बाचा छँदैछन् । यि सबैलाई मिलाएर साथै संसदिय खेलमा माहिर काँग्रेसका मन्त्री र मन्त्रालयको समेत निगरानी राख्नु अझै चुनौतीपुर्ण छ ।
प्रचण्डलाई थोरै समयमा पनि राम्रा काम गर्ने अवसर पनि छ किनकी अघिल्लो सरकारले अगि सारेका बिकासका योजनामा केही योजनाहरू जनताले निकै रुचाएका छन् यिनै बिकासका कामलाई पुरा गर्ने लागे पनि उनलाई जनताले सम्झनलायक नेताका रुपमा चित्रित गर्ने छन् । तर हाम्रो पुरानो परिपाटी पनि के छ भने अगिल्लो सरकारले गरेका राम्रा नराम्रा जे भए पनि बदर गर्नुपर्ने र आफ्नो योजना लागु गर्नुपर्र्ने । यदि प्रचण्ड नेतृत्वको सरकारले पुराना योजना बदर मात्र गर्ने हो भने ३÷४ महिना त्यसै पनि जान्छ । अनि बाँकी कति रहन्छ समय । प्रचण्ड नेतृत्वको सरकार पछि फेरी नेपाली काँग्रेसको सरकार आउने अहिले नै निश्चित रहेको हुँदा प्रचण्ड मात्रैले होईन यो सरकारमा सामेल नेपाली काँग्रेसले पनि सोच्नु पर्छकी त्यसपछिको सरकारमा आँफुहरूलाई पनि सहयोग चाहिन्छ भन्ने । प्रचण्डका सामु जनयुद्धका मुद्धा मात्र होईनन् जनयुद्धमा लडेर भाग्यले बाँचेका तर शरीर भरी गोली बोकेर हिडिरहेका ति मान्छेहरूको गोली झिक्न पनि सक्नु पर्छ ताकि भोलीका दिनमा युद्धमा मारिएकाहरूको श्राप नलागोस् । प्रचण्डलाई सफल वा असफल ब्यक्तिसंग मात्र जोडिएको छैन ।
त्यसैले कर्मचारीतन्त्र वा कार्यकर्ताको वरीपरि मात्रै होईन जनता जो बिपक्षमा भोट हाले तिनलाई सोचेर काम गरे उनको राजनैतिक छबी समेत कायम रहनुका साथै देशले पनि केही पाउने थियो की ? बिदेशीयका चालिस लाख युवाको सीप र जाँगरलाई परिचान गर्न सक्ने सोच र योजनाको आवश्यकता छ नत्र आँउदो चुनावमा माओवादी राप्रपा पछिको स्थान पुग्न सक्छ ।