स्थापना दिवसमा अन्तरक्रिया

बागलुङ, २८ साउन – सञ्चार क्षेत्रमा राजनितिक दल, शक्ति, वर्ग तथा जातीले प्रभाव पारिरहेकाले सम्पादकिय नीति मजबुद बनाउनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागलुङले १७ औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको सञ्चारमाध्यम/सञ्चारकर्मी ‘आवाज बिहिनको आवाज’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले सो कुरा बताएका हुन् । उनीहरुले जातीको प्रतिनिधित्व गर्ने संवैधानिक व्यवस्था नभएको भन्दै जनताले सुशासन खोजे पनि राजनितिक दलले सुशासन प्रदान गर्न नखोजेको बताएका छन् ।
कार्यक्रममा सांसद नरबहादुर थापाले देश र राष्ट्र विकासमा सञ्चार क्षेत्रको भुमिका महत्वपुर्ण हुने भएकाले दक्ष सञ्चारकर्मी उत्पादनमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् बागलुङका अध्यक्ष महेशचन्द्र प्रधान, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, नेपाल मगर संघका निवर्तमान केन्द्रीय सदस्य ताराबहादुर थापा, बागलुङ एफएमका स्टेशन म्यानेजर ज्ञानेन्द्र गौतम, फोनिजका सल्लाहकार उदित थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम फोनिजका अध्यक्ष दिल श्रीषको अध्यक्षता र सचिव संगम घर्ति मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।