युवा संजाल गठन

बागलुङ, २९ साउन – विश्व युवा दिवसको अवसरमा जिल्लाको तंग्रामका युवाहरुले शुक्रबार भेला गरी समाज विकास निर्माणको निमित्त युवा सञ्जालको स्थापना गरेका छन् । उक्त भेलाले अमर थापाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा कृष्ण पुन, बिमा जोल्मी, सचिवमा विशाल थापा, सहसचिवमा दिपक पुन, कोषाध्यक्षमा लाल थापा, सहकोषाध्यक्षमा सिर्जना जोल्मी र सदस्यहरुमा र्सिजना जोज्मी, अशोक थापा र सरिता थापा रहेका छन् ।
समाजमा रहेका निष्क्रिय युवाहरुलाई सामाजिक जिम्मेवारी वहन गराउने हेतुले सञ्जालको स्थापना गरिएको सञ्जालका अध्यक्ष अमर थापाले बताए । युवाहरुलाई सामाजिक कार्यमा सहभागिता गराई आफ्नो कला, संस्कृतिलाई जोगाउन र समाजमा रहेका विभिन्न खालका समुदायहरुलाई गोलबन्दगरी उनीहरुलाई सकारात्मक पक्षमा परिचालन गरि समाज विकासको मुल पुर्वाधार निर्माणको निमित्त युवा समिति गठन गरिएको थापाले बताए ।
सञ्जालले आफ्नो गाउँ आफै बनाउँ भन्ने नारालाई आत्मसात गर्दै समाज विकास र निर्माणमा अगाडी बढ्ने सञ्जालका उपाध्यक्ष कृष्ण पुनले बताए । उक्त भेलामा बोल्ने बक्ताहरुले युवा समाजको धरोहर भएको र युवाहरु अहिले निष्क्रिय रहेको भन्दै उक्त सञ्जाल सदैव समाज बिकासमा लाग्नुपर्ने बताएका थिए । सञ्जालले सामाजिक कार्यको लागि सम्पूर्णलाई सहयोगको आग्रह समेत गरेको छ ।