बस्ती जोखिममा

म्याग्दी, ३० साउन – अत्याधिक बर्षा, भिरालो जमिन, कमजोर माटोका कारण म्याग्दीको सदरमुकाम बेनीस्थित मुस्लिम बस्ती आसपासको क्षेत्र पहिरो र बाढीको जोखिममा परेको छ ।
बेनी–अर्थुङेहुदै ग्रामिण क्षेत्रमा जोड्ने सडक र बेनी–मगलाघाट हुदै पश्चिम म्याग्दी जोड्ने सडक निर्माणको क्रममा वातावरण संरक्षणमा देखाइएको उदासिनताको कारण पहिरो र बाढीले सुकुम्बासी बस्ती सहित बेनी नगरपालिकाको कार्यालय जिल्ला बन कार्यालय, भुसंरक्षण, पशुसेवा कार्यालय सहित कर्मचारीको आवासगृह लगाएत आसपासका क्षेत्र जोखिममा परेको छ ।
सडकखण्ड अन्र्तरगत ब्यवस्थित ढल निकासी नहुदाँ र सडक विस्तारको क्रममा मापदण्ड विपरित डोजर लगाउँदा सडक पहिरो खसेका मुस्लिम समाज सेवा समितिका अध्यक्ष रहमद खाँले बताए । ‘सडक मर्मतमा गरिएको लापरवाहीले यो क्षेत्रको जमिन भासिएको छ । तत्कालै जोखिम ब्यवस्थापन गर्नुपर्छ’ उनले भने ।
बर्षाले बस्तीभित्र बाढी पस्न थालेपछि रातभर जागराम समेत बस्नुपरेको समेत सुकुम्बासी बस्तीका बसोबास गर्ने मुस्मिलको भनाई छ ।