प्रेस सेन्टर बागलुङमा थापा

बागलुङ, ३० साउन – प्रेस सेन्टर नेपाल, बागलुङको जिल्ला एकता सम्मेलनले राम थापा ‘अविरल’ को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न सम्मेलनले उपाध्यक्षमा कृष्ण कँडेल, सचिवमा खगेन्द्र विश्वकर्मा, सह–सचिवमा सीता परियार र कोषाध्यक्षमा मित्र खरेललाई चयन गरेको छ ।
यस्तै, सदस्यमा योगेन्द्र विश्वकर्मा, बिमल खड्का, सुरेन्द्र पुन, पूर्णभद्र न्युरे, अनिष खाती, प्रकाश सुवेदी, सुमित्रा सुनार, घनश्याम गौतम लगाएत रहेका छन् । सम्मेलनबाट १५ सदस्यीय सल्लाहकार समिति समेत चयन भएको छ ।
जसको सदस्यमा राजेशचन्द्र राजभण्डारी, बद्रीप्रसाद शर्मा, मुकेशचन्द्र राजभण्डारी, कोपिला कँडेल, महेन्द्र घर्ती, राज थापा, झपेन्द्र क्षत्री, शिवशरण ज्ञवाली, नारायण धिताल, चन्द्र अर्याल, कृष्ण केसी, वीरबहादुर चोखाल, गुमानसिंह भण्डारी लगाएत छन् । सम्मेलनले केही विशेष प्रस्ताव पनि पारित गरेको छ ।
श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्नका लागि दवाव दिने र संविधान कार्यान्वयनका लागि सबै पक्षलाई संवेदनशील हुन आव्हान गर्ने निर्णय गरेको छ । सम्मेलनको बन्द सत्रको सुरुमा सेन्टरका सदस्य पूर्णभद्र न्यूरेकी आमा नन्दाकली न्यूरेको दुःखद निधनप्रति परिवारजनमा समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको थियो ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आइतवार बिहान बस्ने निर्णय भएको सेन्टरका सचिव खगेन्द्र विश्वकर्माले जानकारी दिए । तत्कालिन क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघ बागलुङबीचको एकतापछि प्रेस सेन्टर नेपाल बागलुङ गठन भएको हो ।
13925135_1065680146856892_1854496923946762546_nयसअघि, सम्मेलनको उद्घाटन गर्दै प्रेस सेन्टर नेपाल प्रदेश नं. ४ का सहसंयोजक दिपक जलनले सेन्टर जनपक्षीय पत्रकारहरुको साझा सङ्गठन भएको बताए ।
उनले विगतको फुटले राम्रोसँग पाठ सिकाएको भन्दै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे । ‘समाजलाई सही दिशानिर्देश गर्न क्रान्तिकारी धारका पत्रकारहरु एक ठाउँ हुनु आवश्यक छ’ सहसंयोजक जलनले भने ‘पत्रकारको हकहितमा काम गर्न सामुहिक बलको आवश्यकता छ ।’
बागलुङ सहित देशका ३८ जिल्लामा प्रेस सेन्टर नेपालको एकता भेला सम्पन्न भइसकेको भन्दै उनले भदौ अन्तिम सम्ममा केन्द्रीय महाधिवेशन हुने जानकारी दिए । सेन्टरका केन्द्रीय सचिवालय सदस्य समेत रहेका जलनले सेन्टर नेपाली श्रमजिवी पत्रकारहरुको अग्रणी संस्थाको रुपमा स्थापित हुने दावी गरे ।
प्रदेश नं. ४ कै अर्का सहसंयोजक रुद्र श्रीसले एकताले क्रान्तिकारी पत्रकारहरुमा नयाँ उत्साहको प्रसार गरेको बताए । सम्मेलनको उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हरिनारायण गौतमले पत्रकार सङ्गठनहरुबीचको एकता र सहकार्यमा जोड दिए । उनले मर्यादित र जवाफदेही पत्रकारिताबाट कोही पनि पत्रकार चुक्न नहुने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, प्रेस सेन्टरका केन्द्रीय सदस्य सन्तोष गौतम, नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठ, बागलुङ बारका अध्यक्ष केशव पराजुली, रेडक्रस बागलुङका उपसभापति राजेन्द्र आचार्य, गैसस महासंघका अध्यक्ष मुक्तीराम सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष भवीकला रोका, प्रेस चौतारी बागलुङका अध्यक्ष उमाकान्त शर्मा, प्रगतिशिल पत्रकार संघका सदस्य विजय राना, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, दलित पत्रकार मञ्चका अध्यक्ष अनिश खाती, सञ्चारिका समूहकी अध्यक्ष सिर्जना पन्त, नेकपा (माओवादी केन्द्र) बागलुङका सञ्चार विभाग प्रमुख कृष्ण केसी, केन्द्रका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे ‘अनिल’, अर्का केन्द्रीय सदस्य फमलाल न्यूरे लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलनको अध्यक्षता जिल्ला एकता सम्मेलन आयोजिक समिति बागलुङका अध्यक्ष कोपिला कँडेलले गरेकी थिइन् । स्वागत समितिका सदस्य वीरबहादुर चोखाल र सञ्चालन सदस्य राम थापा ‘अविरल’ले गरेका थिए । बन्द सत्रपछिको घोषणा सभामा प्रमुख अतिथि, लगाएतले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गरेका थिए । सेन्टरका नवनिर्वाचित अध्यक्ष थापाले प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए ।