माओवादीले पाँचमन्त्री सहित चार राज्यमन्त्री छान्यो

काठमाडौं, ३० साउन – सत्तारुढ नेकपा माओवादी केन्द्रले पाँचमन्त्रीसँग चार राज्यमन्त्री पनि टुंगो लगाएको छ । माओवादी उच्च स्रोतका अनुसार श्रीप्रसाद जबेगु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विक राज्यमन्त्री हुने भएका छन् ।
जबेगुलाई स्थानीय विकास, सत्यनारायण भगतलाई उर्जा, राधिका तामाङलाई कृषि र धनमाया विकलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइनेछ । यद्यपि शिक्षा कांग्रेसले लिए धनमाया स्वास्थ्य राज्यमन्त्री बन्नेछिन् ।
यसअघि आइतबार विहानै माओवादीले सरकारमा जाने पाँच नेताको नाम टुंगो लगाएको थियो । माओवादीबाट जनार्दन शर्मा प्रभाकर उर्जा, राम कार्की सञ्चार, हितराज पाण्डे स्थानीय विका, डिआर पौडेल शिक्षा र अजय शंकर नायक कानुन मन्त्री बन्दैछन् ।