२० दिनपछि संचारसंग जोडियो पश्चिम बागलुङ

बागलुङ, ३१ साउन – पश्चिम बागलुङका विभिन्न स्थानमा विगत २० दिनदेखि अवरुद्ध नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । गत श्रावण १० गते परेको अविरल वर्षासंगै खोलामा आएको बाढीले दर्जनौँ लघुजलविद्युत आयोजनामा क्षति पु¥याएसंगै अवरुद्ध बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको हो ।
स्थानीय लघुजविद्युत आयोजनाबाट सञ्चालित नेपाल टेलिकमको टावर उक्त आयोजना बाढीले क्षति पु¥याएसंगै अवरुद्ध बनेपछि केही समय सञ्चालनमा रहेपनि लामो समय बन्द रहेको थियो । टावर सञ्चालनको लागि टेलिकमले वैकल्पिक रुपमा सोलार र जेनेरेटर जडान गरेपछि टावर सञ्चालनमा आएको हो । बुर्तिबाङको अर्नाकोटमा उक्त टावर सञ्चालनमा रहेको छ ।
टावर अवरुद्ध भएसंगै जिल्लाको दोश्रो व्यापारिक केन्द्र बुर्तिबाङसंगै आसपासका अधिकारीचौर, बोबाङ, खुंगा, बोंगादोभान, तमान, देविस्थान, बोहोरागाउँ, निसी लगायतका गाविसका नागरिक मर्कामा परेका थिए । एनसेल नेटवर्कको टावर सञ्चालनमा पनि नरहेका तमान र बोंगादोभान लगायतका गाउँ विकास समितिका केही क्षेत्रका बासिन्दाहरु सञ्चारबिहिन भएका थिए ।
लामो समय पछि नमस्ते, स्काई फोन तथा ल्याण्डलाईन सेवा सञ्चालनमा आएपछि स्थानियहरु पहिलो पटक नेपाल टेलिकमको टावर आएको जस्तै खुसीयाली मनाएका थिए ।
यसैबीच, नेपाल टेलिकमको टावर सञ्चालनमा आएपनि विद्युत आयोजनाहरु बन्द हुँदा स्थानीयलाई मोवाईल चार्ज गर्न भने समस्या सिर्जना भएको छ । अहिले स्थानीय केही ईलेक्ट्रोनिक्स पसलहरुमा मोवाईलमा फुल चार्ज गरेको ४० देखि ५० रुपैयाँसम्म तिर्न स्थानीयहरु बाध्य भएका छन् । बुर्तिबाङ बजारमा विद्युत अवरुद्ध भएपछि जेनेरेटरको आयात निकै बढेको छ ।
अहिले विद्युतबाट सञ्चालनमा हुने आफ्ना उद्योग तथा व्यवसायहरु सञ्चालनार्थ बजारका अधिकाशं व्यापारीहरुले जेनेरेटरको प्रयोग गर्न थालेका छन् । समुहमा मिलेर जेनेरेटरको विद्युत उपयोग गरी अध्यारो छल्ने प्रयास गरीरहेका छन् । यसैगरी, भुजीखोलामा आएको बाढीले बुर्तिबाङमा सञ्चालित आरसीजी लघुजलविद्युत परियोजना भने भाद्र १५ सम्म सञ्चालनमा आउने भएको छ ।
बाढीले नहरसंगै पावर हाउसको मेसिनमा पनि क्षति पु¥याएको थियो । ३५ किलोवाटको उक्त परियोजना सञ्चालनको लागी अहिले कुलो मर्मत गर्ने कार्य चलिरहेको र योजना अनुसार काम सम्पन्न भएमा भाद्र १५ सम्म विद्युत पुन सञ्चालनमा आउने परियोजनाका सञ्चालक चित्रबहादुर भण्डारीले जानकारी दिए ।