तीज गीत

रामकाजी भण्डारी
फर्कि उनी आउला भनि
राखेकी छु ब्रत !
किन आउँदैनौ घर प्रिय
कि नभएको हो खर्च
बरु भाडा पठाइ दिउँला,
छिट्टै घर फर्क !!
१) तिमीलाई भनि जोवन साँची,
कुरु कति वर्ष !
फर्कि घर आउँथ्यौं भने,
कति हुन्थ्यो हर्ष !!
…किन आउँदैनौं घर प्रिय…
२) सवै चेली तिज आउँदा नाच्छन बुरुबुरु
एक्लै बसि एकान्तमा, कति रु धुरुधुरु
…किन आउँदैनौं घर प्रिय…
३) तिमी जस्तै अरु पनि भएका थिए विदेश
तर चाड आउँदा खेरी फर्के उनी स्वदेश
…किन आउँदैनौं घर प्रिय…
४) २÷४ वर्ष होला तनी
भनि मन बुझाए…
तिमी कता हरायौं भनी
सवैलाई सुनाए
…किन आउँदैनौं घर प्रिय…
५) साथी भाई र संगी सवै जोडी बनि हिड्छन्
पोइ हराएकी नकच्चरी भनी गाली गर्छन्
…किन आउँदैनौं घर प्रिय
कि नभएर हो खर्च
बरु भाडा पठाइ दिउँला
छिट्टै घर फर्क !!
बानपा–११, बागलुङ