जिका भाइरस

स्वास्थ्य
बिन्जु खड्का
जिका भाइरस रोग भाइरसको कारणले हुने रोग हो । यो एडिस (Aedes) नामक लामखुट्टेबाट सर्दछ । सन् १९४७ मा पहिलोपटक यो युगाण्डामा देखिएको थियो । रिसस (Rhesus) बांदरहरुमा यो रोग प्रथमपटक पाइएको थियो । सन् १९५२ मा युगाण्डामा नै यो मानिसहरुमा देखिएको हो । त्यसै वर्ष तन्जानियामा पनि यो रोग देखा परेको थियो । जिका भाइरस प्लाभीभाइरस (Flavi Virus) को एक प्रजाति हो ।
लक्षणः जिका भाइरसको संक्रमणका लक्षणहरु जस्तै आरबोभाइर (Arbovirus) ले गर्ने संक्रमण जस्तै हुन्छ । जसको एक उदाहरण डेंगु हो । ज्वरो आउने, छालामा Rashes देखिने, कन्जङकिटभाइटिस (Conjunctivitis) मांशपेशी र हड्डी दुख्ने, थकान अनि टाउको दुख्ने यस भाइरस संक्रमणका प्रमुख लक्षणहरु हुन् । लक्षणहरु २–७ दिनसम्म रहिरहन्छन् । सन् २०१२ मा पोलिनेशियामा र सन् २०१५ मा ब्राजिलमा देखिएको संक्रमणमा भने स्नायु र रोग प्रतिरोधात्मक प्रणाली सम्बन्धि जटिलता पनि जिका भाइरसले निम्त्याएको पाइयो । माइक्रोसेफाली ९ःष्अचयअभउजबथि० भएका नवजात शिशुमा जिका भाइरस देखिएको पाइएको छ ।
संक्रमणः विशेष यो लामखुट्टेको टोकाईबाट मात्र सर्ने रोग हो । सन् २०१६ फेब्रुअरी सम्म यौन सम्पर्कबाट ५ जना व्यक्तिमा यो रोग सरेको पाइएको छ । त्यसैले ऋम्ऋ ले जिका भाइरस फैलिएको क्षेत्रमा यात्रा गरेर मानिसलाई गर्भवती महिलासंग यौन सम्पर्क गर्दा उपर्युक्त साधनको प्रयोग गरी अर्को व्यक्तिमा सर्न नदिन अपिल गरेको छ ।
गर्भाअवस्थामा जिका भाइरस ?
विश्व स्वास्थ्य संगठनका अनुसार, जिका भाइरस र माइक्रोसेफाली ९ःष्अचयअभउजबथि० बीच दरिलो सम्बन्ध रहेको शंका छ । बैज्ञानिक तवरमा प्रमाणित हुन नसकेपनि सन् २०१५ मा दुई भ्रुणहरुको एम्नियोसिक फल्युड ९ब्mलष्यतष्अ ँगिष्म० मा जिका भाइरसको ९च्ल्ब्० देखा परेको थियो । यसले आमाबाट बच्चमा यो भाइरस सर्न सक्ने सम्भावना देखाएको छ ।
जांचपडतालः जिका भाइरसको परिक्षण बीसीआर पोलिमरेज चेन रियाक्सन् ९एऋच्(एयथिmभचबकभ अजबष्ल चभबअतष्यल० द्धारा गरिन्छ । भाइरसलाई रगतमा खोजिन्छ ।
उपचारः जिका भाइरस रोगको लक्षण सामान्य हुन्छन् र कुनै निदृष्ट विशेष उपचार हुंदैन । विरामीले आराम गर्नुपर्दछ, प्रशस्त झोल पदार्थ पिउनुपर्दछ । दुःखाई र ज्वरोलाई सामान्य औषधीहरुले उपचार गर्नुपर्दछ । अरु ँबिखष्खष्चगक हरुले गराउने संक्रमण जस्तै एल्लो फिवर ९थ्भिियध ँभखभच० जापानीज इन्सेफलाइटिस ९व्बउबलभकभ भ्लअभउजबष्तिष्क० आदिको लागि प्रभावकारी खोप ९ख्बअअष्लभ० उपलब्ध छन् । जिका भाइरस संक्रमण विरुद्ध पनि खोप ९ख्बअअष्लभ० निकाल्ने प्रयत्न भइराखेको छ ।
रोकथामः लामखुट्टे र लामखुट्टे उत्पादन हुने ठाउंबाट जिका भाइरसको संक्रमण हुने सम्भावना प्रवल हुन्छ । त्यसैले लामखुट्टेबाट टाढा रहन झ्याल ढोकामा जालिको प्रयोग गर्ने, शरीर पुरा छोपिने गरी कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने क्रिम ९ःयकत्रगष्तय च्भउभष्बिलत० को प्रयोग गर्ने, लामखुट्टे बस्ने ठांउ जस्तैः पानीको खाडल, बोटविरुवा, फोहोर फ्यांक्ने, भाडालाई सफा राख्ने गर्नुपर्दछ । आफ्नो घर आंगन वरपर सफा सुग्घर राख्ने गर्नाले लामखुट्टेबाट केहि मात्रामा बच्न सकिन्छ । साना बच्चा, विरामी र बुढाबुढीलाई विशेष हेरविचार गर्नुपर्दछ ।
जिकाबाट सचेत रहौंः विज्ञ
काठमाण्डौ १५ माघ २०७२, जिका भाइरस संक्रमणको उच्च जोखिम नेपालमा तत्काल नदेखिएको महामारी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको भर्ना छ । यो भाइरस अमेरिका, अफ्रिका, दक्षिण एसिया र पश्चिमी प्रशान्त क्षेत्रमा फैलिएको छ । महाशाखाले गर्भवती वा गर्भाधारण गर्न चाहने महिलालाई जिका प्रभावित क्षेत्रमा नजान सल्लाह दिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार लामखुट्टेबाट हुने जिका विषाणु डेंगु र चिकन गुनिया फैलाउने एडिस जातको लामखुट्टेले सार्छ । जिका संक्रमण हुने व्यक्तिमा ज्वरो आउने, मांशपेशी, जोर्नी टाउनको दुख्ने, छालामा रातो धब्बा र आंखा पाक्ने रोग देखिन्छ । मुलुकमा डेंगु चिकन गुनिया जापनीज इन्सेफ्लाइटिस, चान्दिपुरा भाइरस लगायत रोग भारत हुंदै फैलिएको एललेख गरिएको छ । उत्तर भारतमा देखिएपछि नेपालमा पनि फैलिएको इतिहास भएकाले जिका समेत आउन सक्ने प्रवल सम्भावना छ । ध्ज्इ को अनुसार चिली र क्यानाडा छाडेर सम्पूर्ण पश्चिमी गोलाद्र्धमा तिव्र गतिले फैलिरहेको छ । डेंगु भन्दा जिका अलि नरम प्रकृतिको रहेपनि यो गर्भवती वा गर्भाधारण गर्न खोज्ने महिलाका लागि खतराजनक देखिएको छ । यसको संक्रमणले गर्दा थुप्रै शिशुमा जन्मिदै विकार देखिएको छ । शिशु ९ःष्अचयउजभउजबथि० माइक्रोसेफाली एक प्रकारको न्यूरोलोजिकल डिसअर्डर हो । लामखुट्टेबाट उत्पन्न हुने यो भाइरस सन् १९४७ मा पत्ता लागेको हो । रगत परिक्षणबाट संक्रमण भए नभएको थाहा हुन्छ ।
यो रोगको बारेमा हामी सबैले जान्नुपर्ने जरुरी छ किनभने यो रोग पनि उत्तिकै खतरनाक रोग हो । रोजगारका लागि दैनिक हाम्रा सयौं नेपाली दाजुभाइहरु विदेशिने क्रममा युरोप, अफ्रिका लगायत खाडी मुलुकमा जाने गरेका छन् र यो रोग पनि संसारका विभिन्न ठाउंमा फैलिंदै गैरहेको छ । यो रोगको संक्रमणबाट बच्न रोग सम्बन्धि जानकारी राख्नु अति आवश्यक छ । किनभने हाम्रो मुलुकबाट बाहिर जांदा स्वास्थ्य परिक्षण गरिन्छ भने फर्केर आउंदा कुनै स्वास्थ्य जांच गरिदैन । त्यसर्थ रोग देशभित्र नभित्रियोस् भनेर हामी नागरिक आफै सचेत हुन जरुरी छ । (निलगिरी अस्पताल)