सिप सप्ताह सकियो

बागलुङ, ३२ साउन – नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बागलुङको आयोजना र बागलुङ नगरपालिका कार्यालयको आर्थिक सहयोगमा संचालन सिलाई कटाई तथा फेसन डिजाइन सम्बन्धि सिप सप्ताह सम्पन्न भएको छ । कपडा तथा सिलाई व्यवसायको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउने उदेश्यले आयोजित सिप सप्ताहमा तीस जनाको सहभागिता रहेको छ । सप्ताहमा सहभागीलाई एडभान्स कोट कटिङ, दौरा सुरवाल सिलाई, बिजनेस पोलिस, फेसन डिजाइन सम्बन्धि जानकारी गराईएको थियो । सप्ताहमा कृष्णबहादुर रणपाल, सुरज खनाल र बेनिशा शाक्यले सहजीकरण गरेको थिए । तालिम समापनमा बोल्दै संघका अध्यक्ष मिनकुमार दर्नालले सप्ताहमा सिकेका कुरालाई व्यवहारमा उतारी उद्यमी बन्न सहभागीलाई आग्रह गरेका थिए । कपडा तथा सिलाई व्यवसायमा भविष्य उज्वल रहेको समेत दर्नालले बताएका थिए । संघका अध्यक्ष दर्नालको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य तेजेन्द्र परियारले मन्तव्य र संचालन उपाध्यक्ष मंगला लिम्बुले गरेकी थिइन् ।