गजल

–ताराप्रसाद शर्मा
जनताको भरोषा, नतोड्नु कहिल्यै
बैरीसंग सम्वन्ध, नजोड्नु कहिल्यै

चेतनाको दियो, अघि बढ्नु सधै
शिखर चुम्ने पाइला, नमोड्नु कहिल्यै

तिम्रो धेरै आशा छ, समाज र देशमा
अविश्वासको छाता, नओड्नु कहिल्यै

निरन्तर बगिरहनु, इन्दावती जस्तै
बिचबाटोमै यात्रा, नछोड्नु कहिल्यै

जनताको भरोषा, नतोड्नु कहिल्यै
बैरीसंग सम्वन्ध, नजोड्नु कहिल्यै ।