टिका–विद्या पत्रकारिता पुरस्कारका सम्बन्धमा

कृष्णमैया अधिकारी
मेरो बुवा टिकाबहादुर राजभण्डारी र आमा विद्यालक्ष्मी राजभण्डारीको स्मृतिमा अक्षयकोष स्थापना गरी ‘टीका–विद्या स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेकी हुँ । हरेक पत्रकारले समाजको चित्रण छर्लङ्ग देखाउन सक्ने, समाजमा घटेका घटनालाई पत्रिका मार्फत प्रस्टाउन सक्ने, देशको समसामयिक घटना, रोजगारी, महिला, बेचविखन, बालबालिका, वृद्धाहरुको व्यथाकथा उजागर गर्न सक्ने हुँदा निश्पक्ष पत्रकारितालाई संरक्षण र सम्वद्र्धन गर्नुपर्छ भन्ने मान्यताका आधारमा यो पुरस्कारको व्यवस्था गरेकी हुँु ।
आज २०७३ साल भाद्र १ गते युनिक सञ्चार सहकारी संस्थाद्धारा प्रकाशित ढोरपाटन दैनिक पत्रिकाको अध्यक्षको हैसियतले यस पत्रिका मार्फत नै आफ्नो धारणा राख्नु उत्तम ठानी यो लेख लेख्ने जमर्को गरेकी छु । आमाबुबा भनेको ज्युदा भगवान हुन । आमाले ९ महिना कोखमा राखेर जन्माएर छोराछोरीहरुलाई हुर्काउनु भएको हुन्छ । आमा वावाले कहिलै पनि आफ्ना सन्तानलाई पर देख्दैनन् । आमाको लागि सवभन्दा प्यारो भनेको आफ्नो सन्तान हुन्छ । आमाको दुधको भारा छोराछोरीहरुले कहिल्यै तिरेर सक्दैन । सन्तानलाई लालनपालन गरेर हुर्काउने आमालाई छोराछोरीले कहिल्यै विर्सन हुँदैन ।
आमावुवाले जति गर्न नसके पनि छोराछोरीहरुको लागि त्यतिनै योगदान पु¥याउनु भएको हुन्छ । छोराछोरीहरुको शिक्षा दिक्षामा आमाबुबाको पुरै भुमिका हुन्छ । मेरो आमाले म ४ वर्ष हुँदा कखरा पढ्न लेख्न सिकाउनुभयो । बर्ष ५ वर्ष हुदाँ मेरी माईली बहिनी जन्मेकी थिइन । हामी ६ दिदि बहिनी र ३ भाईहरु गरेर ९ जना छौँ । म जेठी छोरी भएर होला मलाई मेरो बुवाले पढनु पर्छ भनेर मलाई ४ वर्ष हुँदानै गणेश गुरु कहाँ पढन लैजानु भयो ।
krishnamaya mom n dadमेरो जन्म २००६ साल जेठमा भएको हो । मेरा बुबाले २०१० साल मै पढाउन निकै कोशिस गर्नु भयो । म संयुक्त परिवारमा जन्मेकी थिएं । मेरो बुवाको ७ भाईहरुमा ५ भाईहरु संगै खाने बस्ने गर्नुहुन्थ्यो । म ५० जना सदस्यहरु भएको परिवारमा हुर्केकी हँु । मेरो बुवा कपडा व्यापारी हुनुहुन्थ्यो । बुवाले पसलमा टाँसेको फोटोहरुमा झासिकी रानीको फोटो देखाउनु भएर झासिकी रानी जस्तो विर हुनुपर्छ, राम्ररी पढनु पर्छ भन्नु हुन्थ्यो । मोटो पुस्तक देखाउनु भएर एक लब्बेले जस्तै दत्तचित्त भएर पढनु पर्छ भन्नुहुन्थ्यो म सानै हुँदा । कस्तो विडम्वना, मलाई आजै जस्तो लाग्छ । विद्यामन्दिर उमाविमा पढथेँ । ाष्चकत हुनु पर्छ भन्नु हुन्थ्यो । हुन पनि २०२४ सालमा एस.एल.सी. परिक्षा द्धितिय श्रेणीमा उतिर्ण गरेपछि बुवाले मलाई विज्ञान विषय पढेर डाक्टर हुने भनेर काठमाण्डु लगेर पढाउनु भयो ।
२०२८ सालमा बि.एस्सीको परिक्षा दिएर म बागलुङ आएँ । २०२८ सालमा धवलागिरी विरेन्द्र उमाविमा स्वंसेवक भएर ८ महिना सम्म सेवा गर्ने मौका पाएँ । तत्कालिन व्यवस्थापन समितिले मलाई प्र.अ. बनाउनु भयो । राष्ट्रिय शिक्षा पद्धती २०२९ मा लागु भएपछि रात्माटामा प्र.अ. भएर ४० वर्ष सम्म सेवा गर्ने मौका मिल्यो । सुरु सुरुमा मेरो बुवाले विद्यालय संचालन गर्न निकै सहयोग गर्नुभएको थियो । मेरो आमा बुबा अलिअलि पढेलेखेको हुनुहुन्थ्यो । तर मलाई सोध्नु हुन्छ भने उहाँहरु धेरै शिक्षित हुनुपर्छ भन्ने उहाँहरुो सोच थियो । छोरीले पढेर नेता हुनुपर्छ भन्ने वहाँहरुको सोच थियो । सँधै इन्दिरा गान्धीको उदाहरण दिनु हुन्थ्यो । यस्तै हो जातपात, धर्मका कुरा त्यसबेला धेरै हुन्थ्यो ।
सबै कुरा जान्दा जान्दै पनि बुवालाई अन्तरजातिय विवाह मन परेन । मैले २०३० सालमा आफै अधिकारीसंग विवाह गरेकी थिएँ । उहाँलाई चित्त बुझेन । मेरा आमा दुई वर्ष पहिले मात्र वित्नु भएको थियो । मेरा आमा बुवाले पढाईदिनु भएकोले धवलागिरी विरेन्द्र उमाविमा ४० वर्ष सम्म उमाविको प्रअ भएर सेवा गर्ने मौका पाए । र अहिले आएर आमाबुवाको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान गर्ने मौका पाए । यो अवसरमा मेरा आमा बुवाको आत्माको चिरशान्तीको कामना गर्दछु । पत्रकारहरुवाट निष्पक्ष पत्रकारिताको आसा गर्दछु ।
पत्रकार भनेको देशको खम्वा हो । सञ्चार माध्यमवाट राष्ट्र, राष्ट्रियता, देशको सिमांकन जनजिविका, नेपाली जनताको पिडा, गरिवी, शोषण, भुकम्प पिडितहरुको दुःख, नाकावन्दीको चर्काे मार र देशले भोग्नु परेको विभिन्न समस्याहरुलाई जस्ताको त्यस्तै उतार्ने काम पत्रकारवाट हुन्छ । विभिन्न सञ्चार माध्यममा कार्यरत भई सञ्चार सामाग्री उत्पादन गर्ने र प्रकाशन÷प्रसारण गर्नुहुने यस जिल्लाका पत्रकारहरुको प्रोत्साहन र टेवा पु¥याउन मेरो आमावुवाको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान गर्न पाउँनु मेरो लागि अहोभाग्यको कुरा हो ।
आज ढोरपाटन दैनिकले आफ्नो १३औं बार्षिकोत्सव मनाइरहदाको खुशीको अवसरमा एकातिर मेरो प्यारो आमाबुवाको लागि श्रद्धासुमन टक्राउन पाए भने अर्काेतिर महान कलम योद्धाहरुलाई प्रोत्साहन गर्ने मौका पाएँ । यसले उहाँहरुको सेवामा ठुलै प्रोत्साहन हुनेछ भन्ने आसा लिएको छु । आगामी दिनमा पुरस्कारका लागि अक्षय कोषमा रकम वृद्धि गर्दै पुरस्कारको राशी पनि बढाउदै लैजाने विश्वास दिलाउन चाहान्छु । यसमा मलाई मेरो परिवारको तर्फबाट पनि महत्वपूर्ण सहयोग हुने विश्वास लिएको छु ।