रिखार दैनिक प्रकाशन

मुस्ताङ, २ भाद्र – जिल्लाको बेनीमा बुधबारदेखि ‘रिखार’ दैनिक प्रत्रिकाको प्रकाशन सुरु भएको छ । गोपाल छन्त्याल प्रकाशक तथा सम्पादक रहेको ‘रिखार’को प्रकाशन सुरु भएको हो ।
कुईनेमंगले गाविसमा रहेको धार्मीक स्थल रिखारको नामबाट प्रत्रिकाको नामाकरण गरिएको छ । जिल्लाको विकास निर्माण, कृषि, पर्यटन, उर्जा, ब्यापार, राजनितिक, सामाजिक, आर्थिक गतिबिधिका साथै सुशासन प्रर्वद्धनमा टेवा मिल्ने समाचार तथा बिचारलाई प्राथमिकता दिइने प्रकाशक छन्त्यालले बताए ।
‘रिखार’को प्रकाशनसंगै म्याग्दीबाट प्रकाशन हुने छापा सञ्चार माध्यमको संख्या छ पुगेको छ ।
यसअघि रुप्से दैनिक, नवविकल्प, सम्बृद्ध, म्याग्दी सञ्चार र बेनी साप्ताहिक प्रकाशन हँदै आएका थिए । म्याग्दीबाट हाल म्याग्दीकाली र रेडियो म्याग्दी एफएम प्रशारण हँुदै आएका छन् ।