सडकका चार बालक हिमालयन लाईफको जिम्मामा

sadak Balak 1 बागलुङ, ३ भदौ- सेभ द यूथ नेपाल र जिल्ला खेलकुद विकास समिति बागलुङको सक्रियतामा सडकबाट झिकेर सुधारका लागि पुर्नस्थापना केन्द्र बागलुङमा राखिएका चार बालबालिकालाई शुक्रवार हिमालयन लाईफ पोखराको जिम्मा लगाइएको छ । जिल्लास्थित बिभिन्न कार्यालयको सहयोगमा नयाँ जिवन पुर्नस्थापना केन्द्रमा राखिएका चार जना बालकलाई हिमालयन लाइफ नेपाल पोखरामा पठाइएको क्लवका अध्यक्ष मनिष रायमाझीले वताए ।
सडकबाट लिएर तीन महिना पुर्नस्थापना केन्द्रमा राख्ने क्रममा सुधार भए आएपछि उज्जल भविष्यका लागि उनीहरुलाई अध्ययन गर्न पोखरा पठाइएको हो । बागलुङ बजारमा लामो समयदेखी सडकमा दैनिकी बिताउदै आएका १० बर्षिय अभिषेक परियार, रमित ढुङ्गाना, प्रकाश थापा, बिनोद परियार र ८ बर्षिय रोहित परियारलाई पठनपाठन र लालनपालनका लागि हिमालय लाईफको जिम्मा लगाइएको हो ।
सेभ द युथ र खेलकुद विकास समितिले जिम्मा लिएका अन्य सडक बालबालिकालाई पनि व्यवस्थापन गर्ने भन्ने बारेमा केही संस्थासंग छलफल भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनवहादुर परियारले वताए ।
सेभ द युथको दोस्रो बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको बालक हस्तान्तरण कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले सेभ द यूथले धुम्रपान, मध्यपान र लागु औषध बिरुद्धको अभियानसँगै सामाजिक र परोपकारी कार्यमा देखाएको सक्रियता प्रशंसनीय रहेको बताए ।
अब सडक बालकको भविष्य हिमालयन लाइफ नेपालको हातमा पुगकाले बच्चाहरुको चाहना र भावना अनुसार जिम्मेवारी बहन गरिदिन प्रजिअ पाण्डेयले आग्रह गरे ।
बालकहरुको जिम्मा लिएपछि हिमालयन लाइफ नेपाल पोखराका निर्देशक चनमन सिर्मलले उनीहरुको लालनपालन र पठनपाठनका लागि उपयुक्त व्यवस्था गर्न आफु तयार भएको वताए । उनले कोही पनि जन्मिदैमा सडकमा जाने भएर नआउने वताउदै अभिभावकले विशेष ध्यान पुराउनुपर्ने आग्रह गरे ।

sadak Balak

सो अवसरमा बागलुङ नगरपालिका कार्यालयका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतम र जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियारले मन्तव्य व्यक्त गर्दै सकरात्मक कार्यको थालनी भएकोमा खुशी ब्यक्त गर्दै परिवर्तन आफैबाट सुरु गर्नुपर्ने वताए ।
सो अवसरमा सेभ द यूथले सञ्चालन गरेको अनलाईनको प्रमुख जिल्ला अधिकारी पाण्डेयले शुभारम्भ गरे । कार्यक्रममा पत्रकार युवराज कंडेलले निर्माण गरेको सडक बालबालिकाको वृतचित्र प्रर्दशन गरिएको थियो । सेभ द यूथका अध्यक्ष मनिष रायमाझीको अध्यक्षतामा समपन्न कार्यक्रममा उपाध्यक्ष सुवास केसीले स्वागत मन्तब्य र सदस्य शिव केसीले धन्यावाद मंतव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव ताराप्रसाद शर्माले गरेका थिए ।
कार्यक्रममा उपस्थित बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुलाई लागु औषध र जिवनसंग सम्वन्धी बिषयमा रोट्रयाक क्लव पोखराका उपेन्द्र पौडेल र अमृत भट्टराईले प्रशिक्षण दिएका थिए ।