४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बागलुङ, ४ भदौ – हिमालयन क्लाइमेट इनिसेटिभ नामक गैरसरकारी संस्थाको अगुवाइमा बागलुङको विभिन्न विद्यालयका बालबालका लाइ छात्रवृत्ति दिइएको छ । सद्भाब छात्रवृत्ति नाम दिइएको छात्रवृत्तिमा बिदेशीको सहयोग बिनानै नेपालीले नेपालीलाइ दिइएको हो । बागलुङ नगरपालिकाका कालिका कन्या मावि र विश्वकर्मा उमाविका २० जना तथा गलकोट उमावि हटिया र जनहित मावि मल्मका २० गरी ४० जना बालबालिका लाइ छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति अन्र्तगत बालबालिका लाइ एक बर्ष सम्म पुग्ने सामाग्री दिइएको हो । झोला, कापीकलम, विद्यालय पोशाक र जुत्ता समेत दिइएको कार्यकारी निर्देशक सिलसिला आचार्यले बताइन् । जापानमा बस्दै आएका राजकुमार लामिछाने र काठमाण्डौका रोहित सिंहले यो अभियानमा सहयोग गरेका हुन् । इनिसेटिभले भूकम्प प्रभावित क्षेत्रका र बागलुङमा समेत छात्रवृत्ति दिएको हो । उक्त अवसरमा आचार्यले एउटा बालबालिकाको सफलताका लागि सिंगो समाजको योगदान रहने बताइन् । उनले अति आवस्यक भएका बालबालिका लाइ बर्षभरी पढ्ने अवसर दिन खोजेको बताइन् । अहिले सम्मउनीहरुले १३ जिल्लाका ७ सय ९० जनालाइ छात्रवृत्ति दिएका छन् ।आगामी सन् २०२५ सम्ममा १ लाख जनालाइ छात्रवृत्ति दिने गरी अभियान संचालन गरेको उनले बताइन् । उक्त संस्थालेहाल सम्म वातावरण संरक्षण, प्लाष्टिक झोला मुक्त अभियान, चेलीबेटी बेचविखन विरुद्ध समेत अभियान संचालन गर्दै आएको हो । छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बालबालिकाको भविष्य उज्वल बनाउन गरिएको लगानीबाट राष्ट्रले फाइदा कमाउन सक्ने बताए । उक्त अवसरमा सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय, महिला तथा बाल अधिकार निरिक्षक घनश्याम सापकोटा, सहयोगी राजकुमार लामिछाने, छात्रवृत्ति पाउनेबाट मनिषा निउरेले बोलेका थिए । कार्यक्रम राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।