बागलुङमा गाईजात्रा पर्व मनाईयो

बागलुङ, ४ भदौ – गाईजात्रा पर्वको दिन बागलुङ सदरमुकाममा १ वर्ष पहिला दिवंगत भएका आत्माको शान्तिको कामना गर्दै गाईजात्रा प्रदर्शन गरियो । विशेष गरि नेवार समुदायले मनाउने गाईजात्रा पर्वलाई आफ्ना परिवारमा मृत्यु भएको सदस्यको सम्झनामा तायमचा बनाएर नगर परिक्रमा गरिएको छ ।
मृत्यूलाई स्वभाविक र शास्वत सत्यका रुपमा आत्मसाथ गर्दै जीवनमा राम्रो काम गरे हाँसोको पात्र बन्नु पर्दैन भन्ने सन्देशका साथ बागलुङ जिल्लामा रहेका नेवार समुदायद्वारा गाईजात्र प्रदर्शन गरेका हुन । मृतात्माको स्मरण गर्दै स्वर्गमा वास होस् भन्नाका खातीर एक वर्षसम्म मृत्यू भएका नेवार समुदायको घरघरबाट यस वर्ष गाईजात्रा निकालिएको छ ।
पुरानो आख्यान अनुसार ने.सं. ५७५ मा राजा प्रताप मल्लका कान्छा छोरा राजकुमार चक्रवतिन्द्र मल्लको शितला रोगका कारण मृत्यू भएपछि राजकुमारको मृत्यूमा भावविव्हल रानी राजमतीलाई कसैले पनि शान्त राख्न नसकेपछि राजा प्रताप मल्लले जसको घरमा वर्षभरी आफन्तको मृत्यू भएको छ उसको नाममा झाँकी सहित गाईजात्रा निकाल्न उर्दी गरे अनुसार गाईजात्रा पर्व मनाउन शुरु गरिएको मान्यता छ ।
देशवासीले मृतकका नाउँमा निकालेको झाँकी हास्य प्रदर्शन देखि रानीले अनित्य संसारको सत्य ज्ञान भई मेरो छोरा मात्र होइन थुप्रै जनको मृत्यू भएको रहेछ भनि बुझिछन् । त्यसै वर्षदेखि गाईजात्रा निकाल्न थालनी भएको हो ।
३ सय वर्ष अघि काठमाडौं लगायत उपत्यकाका विभिन्न ठाउँबाट आएका बागलुङ आई बसोवास गरेका नेवार समुदायले आफ्नो संस्कृति रुपमा रहेको गाईजात्रा पर्वलाई भने निरन्तर रुपमा मनाउँदै आएका छन् । १ वर्ष भित्र मृत्यु भएका घरबाट गाईजात्राकै दिन प्रसाद बनाएर आफन्त छरछिमेकीलाई खुवाउने चलन रहेको छ ।