सुनचाँदी व्यवसायी संघ बागलुङमा विश्वकर्मा सर्वसम्मत निर्वाचित

बागलुङ, ५ भदौ – सुनचाँदी व्यवसायी संघ बागलुङको अध्यक्षमा ओमबहादुर विश्वकर्मा सर्वसम्मत रुपमा चयन भएका छन् ।
संघको शनिबारदेखि सुरु भएको अधिवेशनले विश्वकर्माको नेतृत्वमा नयाँ समिति सर्वसम्मत रुपमा चयन गर्न सफल भएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा युवराज राजभण्डारी, द्धितीय उपाध्यक्ष महेन्द्र विक, सचिवमा अनिलकुमार विक, कोषाध्यक्षमा आदर राजभण्डारी, सहकोषाध्यक्ष राजेन्द्र विक, सहसचिवमा कविराज विक रहेका छन् ।
सदस्य मनबहादुर विक, सिता राजभण्डारी, राजेन्द्र विक, खेम विक, अशोक विक रहेको सचिव अनिल कुमार विकले जानकारी दिए ।