खस समुदायलाई सरकारले बेवास्ता ग¥योः संयोजक खाती

अर्जुन कार्की
बागलुङ, ५ भदौ – खसान राष्ट्रिय संघर्ष समितिका संयोजक प्रेमबहादुर खातीले आदिमकालदेखि बसोबास गर्दै आएका खस समुदायलाई सरकारले अन्य भनेर अवहेलना गरेको बताएका छन् । आज (आईतबार) क्षत्री समाज बागलुङले आईतबार आयोजना गरेको भेटघाट तथा परिचय कार्यक्रममा बोल्दै खातीले उक्त कुरा बताएका हुन ।
उनले खस समुदायहरुलाई आदिवासीको सूचीमा राख्न र क्षत्रीहरुको संरक्षणको लागि सबै क्षत्रीहरु एकजुट भई लाग्नुपर्नेमा जोड दिएका छन् । देश संघीयतामा गएसँगै जातिय प्रदेशको लागि सबै जातजातिहरुले पहल गरेको बताउँदै खस समुदायहरुको लागि पनि प्रदेश चाहिने बताए । ‘खस समुदायको पहिचान र सामाथ्र्य रहेको छ’ संयोजक खातीले भने ‘त्यसैले नै खस समुदायलाई खसान प्रदेश दिनुपर्छ ।’
आफुहरुले नै एकजुट बनाएको देशमा आफुहरुलाई नै सरकारले दोस्रो दर्जा दिएको बताउँदै संयोजक खातीले आफ्नो हक अधिकार र आफ्नो जातिको पहिचानको लागि सबै खब समुदायहरु लाग्नु पर्ने बताएका थिए ।
उनले खसान राष्ट्रिय संघर्ष समितिले क्षत्रीहरुको लागि मात्र नभई सबै जातिहरुको हक अधिकारको लागि आन्दोलन गरेको बताए । उनले अहिले देशको कालापानी, लिपुलेक लगायत धेरै ठाउँहरु मिचिएको बताउँदै ति ठाउँ हाम्रै हो भनेर लड्नको लागि आफुहरुले संघर्ष गरिरहेको बताएका थिए । उनले कालापानी, लिपुलेकहरु खस समुदायको सम्पति भएकोले उक्त स्थान जोगाउनको लागि सबै खस समुदाय एक भएर लड्नुपर्ने बताए ।
खसान राष्ट्रिय संघर्ष समितिले खस समुदायलाई आदिवासीमा सूचीकृत गरिनुपर्ने, नेपालको संविधान २०७२, धारा ४२ मा उल्लेखित खस आर्यको मात्र परिभाषालाई समग्र जातजाति, वर्ष, समुदाय, महिला, दलित, आदिवासी जानजाति, मधेशी, मुश्लिम, थारु, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक अपाङ्गता, गर्भावस्थाका व्यक्ति, असक्त असाहय, पिछडिएको क्षेत्रलाई क्रिमियलियरको सिद्धान्तको आधारमा राज्यको हरेक तहमा समानुपातिक, समावेशिक प्रतिनिधित्व गराइनु पर्ने र खस आर्यको क्लष्टरबाट खबहरुलाई अलग पहिचान दिईनुपर्ने माग सहित देशव्यापी आन्दालने गर्दै आएको छ ।
खसान राष्ट्रिय संघर्ष समितिको आन्दोलनमा संघीय गठबन्धन संयुक्त राष्ट्रिय आन्दोलन समितिले पनि सहमति जनाएको संयोजक खातीले बताएका थिए । उक्त कार्यक्रममा बोल्दै क्षत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीले क्षत्रीहरुलाई खस आर्य नभइ आदीबासी भएकोले आदीबासी भनेर किटान गरिनुपर्ने बताएका थिए । उनले खस क्षत्रीहरु आदीबासी भएकोले नै आदीबासीमा राख्निुपर्ने बताए । खसान राष्ट्रिय संघर्ष समितिको आन्दोलनमा क्षत्रीहरुले आदीबासीको लागि एकभएर लाग्ने अध्यक्ष कार्कीले बताए ।
क्षत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव सन्तोष क्षेत्रीले गरेका थिए ।