क्रान्तिकारी संगठित

म्याग्दी, ६ भदौं – नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववीयु क्रान्तिकारीको आईतबार मंगला उच्च मावि बाबियाचौरमा संगठन विस्तार भएको छ । कक्षा ११ र १२ मा कमल गिरीको अध्यक्षमा गठन भएको ३१ सदस्यीय ईकाई कमिटीको उपाध्यक्षमा दिवश सापकोटा, दिपा पौडेल, सचिवमा सविता शर्मा, सहसचिवमा सज्जन सुवेदी र कोषाध्यक्षमा याम थापा रहेका छन् ।
त्यस्तै मावि तहमा अर्जुन कँडेलको अध्यक्षतामा ३७ सदस्यीय ईकाई कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा कोपीला विक, सचिवमा रसमाया फगामी, सहसचिवमा लक्ष्मण नेपाली, अमृत सापकोटा र कोषाध्यक्षमा सिजन कुमार सुवेदी रहेका छन् ।
विद्यालय ईकाई कमिटिका पुर्व अध्यक्ष तथा जिल्ला सदस्य बबिता पुनलाई सल्लाहकारमा चयन गरिएको छ ।
भेलामा बोल्दै अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष सुदिन पौडेलले शैक्षिक क्षेत्रमा रहेका विकृती र विसगंतीको हटाउन विद्यार्थी एकता आवश्यक रहेको बताए । केन्द्रिय सदस्य प्रमिला पौडेल र जिल्ला उपाध्यक्ष गणेश पौडेल बोलेको कार्यक्रमको सञ्चालन जिल्ला सह–सचिव धिरन खत्रीले गरेका थिए ।