थ्रीस्टार क्लब नागवर्तड्संग रोकियो

काठमाडौं, ८ भदौं – एएफसी कप फुटबलको प्लेअफमा नेपालको राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लब कम्बोडियाको नागावर्ल्डसँग १–१को बराबरीमा रोकिएको छ । बराबरीमा रोकिए पनि पहिलो खेल जितेको थ्रीस्टार अर्को चरणमा जाने सम्भावना बलियो भएको छ । मंगलबार मंगोलियाको उलानबटारस्थित मंगोलियन फुटबल फेडेरेसनको कृत्रिम मैदानमा भएको खेलमा नागावर्ल्डले २८ औं मिनेटमा अग्रता लिएको थियो । निम सोभाननाराले नागर्ल्डलाई अग्रता दिलाएका थिए । ८७ औं मिनेटमा थ्री स्टारका नाइजेरियन खेलाडी अजायी मार्टिन्स कायोडेले बराबरी गोल गरे । उनले सुनिल बलको कर्नरमा गोल गरेका हुन् । कोयोडेले आइतबार मंगोलियन क्लब इर्चिमविरुद्ध पनि गोल गरेका थिए । नागावर्ल्डसँगको बराबरीपछि थ्री स्टार अर्को चरणमा जाने सम्भाना बलियो भएको छ । समूह ‘बि’बाट अब नागावर्ल्ड र थ्री स्टारमध्ये एक टोली अर्को चरणमा पुग्नेछन् । नागावर्ल्ड र एर्चिमबीचको खेलले थ्रीस्टारको भाग्य निर्धारण गर्ने छ । नागावर्ल्ड एर्चिमसँग पराजित भएमा वा बराबरी खेलेमा थ्री स्टार अको चरणमा पुग्नेछ । नागावर्ल्डले भने अर्को चरणपुग्न कम्तीमा ३ गोलको अन्तरले एर्चिमलाई हराउनु पर्ने छ । थ्री स्टारले पहिलो खेलमा आयोजक एर्चिम क्लबलाई २ –० ले हराउँदै तीन अंक जोडेको थियो । आजको बराबरीपछि थ्री स्टारको ४ अंक छभने एक खेल खेलेको नागावर्ल्डको १ अंक मात्रै छ । एक खेल खेलेको एचिमको सुन्य अंक छ । खेलपछि थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले नतिजा राम्रै आएको प्रतिक्रिया दिए । ‘नागावर्ल्ड राम्रो टिम छ,’ उनले भने, ‘र, हाम्रा लागि नौलो पनि थियो जसका कारण हामीले त्यसको बारेमा बुझ्न नै धेरै समय लाग्यो ।’ उनले केसीले दोस्रो हाफमा टोलीले राम्रो खेलेको बताए ।