कृषिमा संभावना

गाउँमा पशुपालन गरेर राम्रो आम्दानी गर्न सकिने प्रचुर संभावना भएपनि बिदेश पलायन हुने होडले अहिले गाउँ घरका खरबारीहरु उजाड बनेका छन् । पशुपालन गरेर केही कृषकले लोभलाग्दो आम्दानी पनि गरिरहेका छन् । तर, ति सफल कृषकबाट पाठ नसिकी विदेश जाने प्रचलनलाई राक्ने प्रभावकारी प्रयास भने हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्तिले गाउँ घरका घाँसे खरबारी अहिले उडाज बनेका छन् । पशुपालनको लागि घाँसको निकै नै आवश्यकता पर्छ । हाम्रै पाखा पखेरामा वस्तुभाउका लागि दुधालु घाँस प्रशस्त मात्रमा पाइन्छ । त्यसलाई अझ बढी व्यवस्थित गर्न सक्ने होभने व्यवसायिक वस्तुपालन गर्न सकिन्छ । पाखा पखेरामा हुने घाँसको सदुपयोग गरेमात्रै राम्रो आम्दानी गर्न सकिन्छ । त्यसैले अब गाउँमा बन्जर बनेका जमीनलाई हराभरासंगै पशुपालनमा संभावनाको खोजी गर्न जरुरी छ ।
घाँस उत्पादनको पकेट क्षेत्र बनाई युवालाई लक्षित गर्दै जिल्ला पशु सेवा कार्यालयले घाँस उत्पादन विशेष क्षेत्र स्थापना गर्ने कार्यक्रम शुरु गरेको छ । कार्यालयले जिल्लामा पहिलोपटक घाँस उत्पादन श्रोत केन्द्र स्थापना गर्देछ । आर्थिक बर्ष २०७३÷७४ का लागि आएको कार्यक्रममार्फत घाँस उत्पादन गर्न सकिने पकेट क्षेत्र छनौट गरेर कार्यक्रम संचालन गर्न कार्यालय जुटेको छ । त्यसको किसानको एक समिति गठन पूजिगत अनुदान दिने व्यवस्था छ । चालु आर्थिक बर्षका लागि सरकारले ५ लाख २४ हजार रुपैयाँ अनुदान दिने गरी श्रोत केन्द्र स्थापनाको कार्यक्रम पठाएको हो । युवा लक्षितका लागि चालु बर्षका लागि ४ वटा कार्यक्रम छन् । जसका लागि केन्द्रीय रुपमै प्रस्ताव आब्हान भैसकेको छ । जसअनुसार बंगुरका लागि १ लाख अनुदान दिने व्यवस्था छ । त्यस्तै गाइ भैसी पालनका लागि १ लाख ७० हजार अनुदान दिने व्यवस्था छ ।
कृषि क्षेत्रमा बंगुर र कुखुरापालन कार्यक्रमका लागि बंगुरतर्फ ८ लाख ३० हजार र कुखुरातर्फ ५ लाख ५ हजार रुपैयाँ अनुदानको व्यवस्था छ । गाउँ घरमै काम गर्ने इच्छाशक्ति भएका युवाहरुका लागि सरकारले पनि अनुदानको व्यवस्था गरेको छ । सरकारले धेरै बजेटको व्यवस्था गर्दै पनि विदेशमा भौतारिनुभन्दा स्वदेशमै उद्यम गरेर स्वरोजगार बन्नुपर्छ । कृषि कर्ममा लाग्ने होभन विदेशमा भन्दा स्वदेशमै मनग्य आम्दानी गरेर समाजमा उदाहरणिय बनेकाहरु थुप्रै छन् । विदेशमा काम भनेजस्तो सहज पनि हुँदैन । हरेक दिन खाडीदेखि लिएर युरोपका देशमा नेपाली युवाहरुको बिचल्ली भएका समाचारहरु आउने गरेका छन् । कोही काम गरेर तलब नपाएर भोकभोकै बस्न बाध्य भएका छन्भने कोही जेलमा जिवन बिताईरहेका छन् । पशु र कृषि कार्यालयले गाउँ घरमै उद्यम गर्न चाहनेलाई अनुदानको व्यवस्था गरेको छ । त्यसको विषयमा समय समयमा जानकारी लिन आवश्यक छ । अब कृषि क्षेत्रमा रोजगारीको संभावना खोज्नु पर्छ । खाडी मुलुकमा होइन ।