ढोरपाटनमा फेरी मारिरहँदा

चेतना भया
भरत बागलुङे
करिब करिब सात वर्षको निर्वासन जस्तो जुनीबाट मुक्त भएर म गाउँ फर्केको थिएँ । गाउँमा खासै कुनै काम थिएन । जागीर थिएन र बन्द व्यापार पनि । म विल्कुल बेरोजगार थिएँ । यो २०६७ सालतिरको कुरो थियो । दश वर्षे माओवादीको युद्ध उत्कर्षोन्मुख थियो । २०५८ सालको असोजमा मेरो दोस्रो कविता कृति ‘मेरो शोकमग्न देश’ प्रकाशन भएको थियो । यही कविता संग्रहभित्र रहेका प्रचण्डपथ, बेलीसरा, बाबुराम र बाबुरामहरु आदि कविताहरुको कारण म प्रशासनको नजरमा माओवादी आतंककारीको रुपमा दर्ज हुनपुगें । सायद गाउँमा रहेको प्रहरी चौकीका केही प्रहरीहरु, सम्भवत गाउँका केही छुद्र चिन्तन भएका मान्छेहरु आदि इत्यादिमा गाउँमा नितान्त खेती किसानी गरि जीवनको गाढा गुडाईरहेको म र मेरा कवितासँग गहिरो असहमती थियो । ती म र मेरा सिर्जनाप्रति आक्रोस र प्रतिशोध पालिरहेका थिए । परिणाम पटक–पटक सेना र प्रहरीहरुले मलाई पक्डने प्रयास गरे । तिनले नितान्त आततायी शैलीमा मलाई खेदे र अन्ततः गाउँमा बस्ने वातावरण समाप्त भएपछि एक साँझ म सुटुक्क आमाले दिएको तीनसय साठी रुपैयाँ गोजीमा हालेर कुश्माबाट नाइट बस चढी काठमाण्ठौतिर हानिएँ । यो मेरो जीवनको पहिलो दुःखद क्षण थियो । मनमा पीडा, दुःख र आक्रोस एकसाथ बोकेर म अनिश्चित भविष्यको यात्रामा थिएँ । यही यात्राले मलाई सात वर्षसम्म काठमाण्डौमा भुलाई दियो । केही सिक्ने जान्ने, चिन्ने मौका थियो । मनमा कोरिएका दुःखद चित्रहरु ती मेटिए र उत्साह भरियो । यही उत्साहलाई मनमा बोकेर सात वर्षपछि म गाउँ फर्केँ ।
गाउँमा मेरो परिचय नयाँ पिढीँमा करिब करिब धुमिल आकृति बनिसकेको थियो । कति पाका मान्छेहरु जससँग मेरो विशेष आत्मिय सम्वन्ध थियो ती सधैंको लागि धर्तिबाट विदा भईसकेका थिए । पाका मान्छेहरुसँग पुराना कुराहरुको जानकारी लिनु मेरो विशेष रुचीको विषय थियो र आज पनि छ । कति वयस्कहरु क्रमशः बुढ्यौलीतिर प्रवेश गरिरहेको तिनका चेहेरामा देखिने कर्कटपाता जस्ता खोल्साहरुले बताईरहेका थिए । म एक प्रकार दुःख र अभावका दिनहरुसँग जुधिरहेको थिएँ । यिनै दुःखका दिनहरुसँग हाराकिरी गरिरहेको समयमा एकदिन म गाउँको जनता–धन उच्च माविमा कम्प्युटर शिक्षकको रुपमा अस्थायी करारमा माष्टर बन्न पुगेँ । स्कुलको माष्टर बनाउन तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नारायणस्थान गाविसका निवर्तमान अध्यक्ष कृष्णबहादु खत्री सर र नारायणस्थान गाविसका भूतपूर्व अध्यक्ष शालिग्राम शर्मा दाइले मलाई प्रस्ताव गर्नु भएको थियो की स्कुलमा अब अङ्ग्रेजी माध्यममा कम्प्युटर शिक्षा सहितको शिक्षा शुभारम्भ गर्नु प¥यो नत्र स्कुल संकटमा फस्ने भयो । हुन पनि गाउँ–गाउँमा खुलेका बोर्डिङ स्कुल, तिनको शिक्षा दिने प्रभावकारी शैली, विद्यार्थीहरुमा देखिने व्यवस्थित शैली र अभिभावकहरुमा बढ्दो अङ्ग्रेजी मोहले सरकारी स्कुलहरु आजपर्यन्त ती सङ्कटमा दिनहरु गुजारी रहेका छन् । तिनको अस्थित्व सङ्कटमा छ । राज्यले गरेको लगानी र विद्यार्थीहरुको अनुपात हेर्दा त्यो माइनसको दिशातिर ओरालो झरिरहेको छ । माष्टरहरु हिनताबोधले ग्रस्त देखिन्छन् । एकप्रकार ती दुःखी र खिन्न छन् रित्ता कक्षा कोठाका सम्मुख उभिएका तिनका चेहेराले बताईरहेका हुन्छन् । सरकारी स्कुलको यही मनोदशाका बीच म गाउँका केटाकेटीहरुलाई कम्प्युटर सिकाउने कम्प्युटरको ज्ञान बाँड्ने माष्टर बन्न पुगेँ । र गाउँमै पाएको रोजगारीले मलाई भुलाई दियो । जागीरले मलाई आर्थिक गर्जो टार्न थोरै भएपनि सहयोग पु¥यायो र त्यही जागिरले मलाई गाउँमा सामाजिक जागरणका कामहरु गर्ने मौका पनि दियो । यद्यपी म स्वतन्त्र हुन सकिन र संसार घुम्ने र सिक्ने मेरा रहरहरु ती धुलिसात बनिरहे । एकप्रकार म हत्यारा बन्न पुगेँ आप्mना इच्छाहरुको । हो यही हत्याको उपक्रमबीच एकदिन तारानाथ आचार्यले मलाई ढोरपाटन दैनिकको आगनमा पु¥यायो र महेन्द्र क्याम्पसमा अध्ययनका क्रममा आर्जन गरेको मेरो छवि जो सात वर्षको निर्वासनले धुमिल–धुमिल बनिरहेको थियो त्यसलाई पुनः ब्युँझाउने प्रयाशको शुभारम्भ ग¥यो ।
भाद्र एक गते ढोरपाटन दैनिकले आप्mनो स्थापनाको तेह्रौँ वर्ष पूरा गरेको छ । तेह्रौँ वर्षगाँठको कार्यक्रममा सरिक भएर स्तम्भकारको रुपमा सम्मानित भईरहँदा मैले मेरा प्रिय मित्र रामकृष्ण बोहरालाई धन्यवाद सम्म भन्न पाइन । करिब–करिब दुई वर्ष पहिले रामकृष्ण बोहराले मलाई स्तम्भकारको रुपमा नियमित लेख्ने वातावरण प्रदान गरेका थिए । चेतना भया स्तम्भको माध्यमबाट निरन्तर लेखेबापत ढोरपाटनले मलाई जुन सम्मान गरेको छ त्यसले मलाई थप जिम्मेवार, व्यवसायिक र मर्यादित लेखनको लागि लाग्न उर्जा थपेको छ । दुई वर्षको यो समयमा ढोरपाटनमा फेरी मार्दा मैले पाएको खुशी भनेको म काटिनु या ताछिनु परेन । निर्वाध मेरो बाटोमा हिँड्ने वातावरण प्राप्त भयो र ब्रेक हुनु परेन । लेखकको रुपमा नयाँ विषयको लेख छापिदा कतिपटक धन्यवादको पात्र पनि बनियो र कतिपटक गाली पनि खानु परेको तितो यथार्थ मभित्र जीवन्त बनि बसिरहेको छ । विशेषत राजनैतिक आलेखप्रति असहत व्यक्तिहरुले फोनमा या फेसबुकमा गर्ने कुराले कहिलेकाहिँ उद्वेलित पनि बनायो र कहिलेकाहिँ खुशी पनि । लेख्नु मेरो कर्म थियो जसलाई मैले प्रतिकुलतामा पनि बचाउनु पथ्र्यो । असहमतहरुको विचारलाई शिष्टतापूर्वक सामना गर्नु नै लेखकको लागि जित हो नकी प्रतिकार । एउटा लेखकको लागि इमान्दारिता र विषयको गहिराईसम्म डुबुल्की मार्नु यी दुवै कुरा आवश्यक तत्व हुन । जसलाई आत्मासाथ गर्नु जरुरी छ । स्तम्भकारको रुपमा राजनैतिक घटनाक्रम र व्यक्तिहरुले लिने निर्णयलाई अनुसन्धान र विश्लेषण गर्नु एउटा जटिल काम हो तर मर्यादाका सीमाभित्र बसेर तिनलाई आत्मासाथ गर्नु फलामका च्युरा चपाउनु जस्तो हो । म यही सत्यलाई आत्मासाथ गरिरहेको छु ।
केही साथीहरु मलाई यो साँघुरो घेराभित्र किन अल्झिरहेको तँ भन्छन् तिनको कुरो पनि बेठिक छैन तर ठिक कुरोलाई पनि कहिलेकाहिँ यथार्थको सम्मुख इन्कार गर्नुपर्छ । जीवनका अनेक आयामहरुभित्र सधैं सबै सत्यहरु नअटाउन पनि सक्छन् । आपैmलाई पढ्छु म अव्यवस्थित मान्छे मभित्र कहिल्यै सम्मानको तीर्खा जागेन, पद र पैसाको भोकले कहिल्यै लखेट्न सकेन । जीवनका कर्महरुमा ती सामान्य कुराहरु हुन जो प्राप्त हुन्छन् हुन्नन तीसँग बग्न र खेल्न थालियो भने हामी कसरी इमान्दार मान्छे बन्न सकियो ? कसरी हामी लेखक, कवि बन्न सकियो ? कसरी हामी सामाजिक रुपान्तरणका अभियन्ता बन्न सकियो ? कसरी हामी राजनैतिक प्राणी बन्न सकियो ? केही मान्छेहरु पैसा, पद मान सम्मानका कतिसम्म भोका र दरिद्र हुन्छन् ती पुरस्कार, सम्मान र स्थानको लागि गिरेर आत्मास्वाभिमान बेच्न पुग्छन् । सुनिन्छ मेरो कृतिलाई तिमले स्थापना गरेको सम्मान र पुरस्कार देउ म तिमीलाई नै फिर्ता गर्छु । छ्या ! यो प्रवृत्ति पुराना र नयाँ दुवै खालका लेखक कविहरुको समस्या हो । बजारतन्त्रको दुरुपयोग गरी ती एकअर्काको पद, प्रतिष्ठा र पैसाको कारोवार गरिरहेका छन् । लेखनभित्र विचारको हत्या गरेर बाँच्ने यी प्राणीहरुसँग जुध्नु जरुरी छ । निस्तो र भद्दा शब्दहरुको संयोजनले हामीलाई लेखकको रुपमा परिचित र परिभाषित गर्ने कष्टबाट इतिहासले मुक्त हुन पाउनुपर्छ । अन्यथा हामी श्रापित समयको कलंक निधारमा टाँसेर इतिहासको क्यानभासमा सधैं उभिईरहनु पर्नेछ । चेतना भया !
[email protected]