त्रिशुली वस दुर्घटनामा मर्नेको संख्या २० पुग्यो (यात्रुको नामावली सहित )

चितवन,१० भदौ – रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस नारायणगण–मुग्लिन सडकखण्डको चण्डीभन्ज्याङ–६ मा सडकबाट २ सय मिटर तल त्रिशुली नदीमा खस्दा २० जनाको घटनास्थलमै मृत्यु भएको छ । चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले २० जनाको घटनास्थलममा मृत्यु भएको जानकारी दिंदै मृतकहरुको पहिचान खुलिनसकेको बताए । मृत्यु हुनेमा २ जना महिला छन् ।
दुर्घटनामा परी १७ जना गम्भीर घाइते छन् । उनीहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बिहान साढे ३ बजे भएको हो ।

यात्रुहरु :

Yatru list

दुर्घटना भएको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेका छन् । गाैरबाट छुटेकाे साे बसमा करिब ४० यात्रु चढेका थिए। पृथ्वी यातायात संघकाे साे बसमा चन्द्रनिगाहपुर र अन्य स्थानबाट पनि यात्रु चढेकाे प्रहरी अनुमान छ। बसमा अधिकांश यात्रु मजदूरी गर्न जानेहरू थिए।