हिलमा बाख्रापालन स्रोतकेन्द्र स्थापना

बागलुङ, १० भदौ – बाख्रापालनको दृष्टिले उत्कृष्ट मानिने गलकोटको हिललाई बाख्रा पालन स्रोत केन्द्र स्थापना गरिने भएको छ । बाख्रा पालनलाई सुधार गर्दै उत्पादनमा वृद्धि गरी पशु प्रवद्र्धनमा टेवा पु¥याउन पशु सेवा केन्द्र हरिचौरले बाख्रा पालन स्रोत केन्द्र स्थापना गर्न लागेको हो ।
गलकोटको मध्यपहाडी क्षेत्रमा रहेको हिल गाबिसमा परम्परागत रुपमा बाख्रा पाल्दै आएको र गलकोटको अन्य गाबिसमा भन्दा ५० प्रतिशत बढि उपयुक्त ठाउ भएकाले पनि हिलमा बाख्रा स्रोत केन्द्र स्थापना गर्न लागेको पशु सेवा केन्द्र हरिचौरका पशु स्वास्थ प्राबिधिक चिन्तामणि शर्माले बताए । स्थानिय स्तरमा रोजगारीको सृजना गरी बाख्रापालनबाट मासु उत्पादन गरि देशको अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले बाख्रापालन स्रोत केन्द्र स्थापनाको लागि सबैभन्दा उत्कृष्ट ठाउँ हिल भएको बताईएको छ ।
हिलमा बाख्रा पालन स्रोत केन्द्र स्थापना भए पश्चात स्थानिय स्तरमा पाल्दै आएका बाख्राहरुको उत्पादनमा वृद्धि हुने र बढि भन्दा बढि मासु उत्पादन गर्न सकिने हुँदा आर्थिक समृद्धि तर्फ फडको मार्न टेवा पुग्ने स्थानिय सरोकारवालाले बताएका छन् । गाबिसलाई बाख्रा पालनको स्रोतकेन्द्र बनाउन २०५६ सालमा बाख्रा करेसा कार्यक्रम सञ्चालन गरिएको थियो ।
२०५६ देखि २०६२ सालसम्म बाख्रा पैचो कार्यक्रम सञ्चालन गरिएको थियो भने २०७१, ०७२ सालमा उन्नत जातको एक बोका र फम बिकासका लागी २५ हजार आर्थिक अनुदान प्रदान गरिएको थियो । हिलमा रहेका ९ सय स्थानिय मध्ये ७ सय भन्दा बढिले बाख्रा पालन गर्दै आईरहेका छन ।