दरखाने कार्यक्रममा महिला अधिकारका कुरा

काठमाण्डौं, ११ भदौ-अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष तथा नेकपा एमालेका केन्द्रिय सदस्य जयन्ती राईले नेपाली हिन्दुहरुको महत्वपूर्ण चाड तीजलाई राष्ट्रिय पर्व बनाउनुपर्ने वताएकी छिन । नेकपा एमाले बागलुङ–काठमाण्डौं सम्पर्क मञ्च महिला विभागले हरितालिका तीजका अवसरमा शनिवार होटल नानोहानामा आयोजना गरेको दरखाने कार्यक्रममा सम्बोधन गर्दै राईले भनिन्–नेपाली महिलाहरुले बर्षाैदेखि मनाउदै आएको तीजलाई अव राष्ट्रिय पर्व बनाउनु पर्दछ ।
uml programmeनेपाली महिलाहरुले विगतदेखि नै आफ्नो वर्षभरीका पिरब्यथा पोख्ने पर्वको रुपमा विकास भएको तीज हिजोआज महत्वपूर्ण चाडका रुपमा विकास भएको वताउदै महिला नेतृ राईले यसलाई महिला अधिकारसंग जोडेर हेर्नुपर्ने वताईन ।
नेपाली महिलाहरुले लामोसमयदेखि गरेको संघर्षका कारण देशको प्रमुख तीन पदमा महिलाहरु पुगेको वताउदै उनले अवसर पाएमा नेपाली महिलाहरु सवै काम गर्न सक्षम रहेको वताईन ।
uml programme 2कार्यक्रममा वोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य विजय गुरुङले महिलाहरुले तीजलाई नारी अधिकार र श्रमसंग जोडेर हेर्नुपर्ने वताए । उनले राष्ट्रपति विद्या भण्डारी, प्रधानन्याधिश सुशिला कार्की र सभामुख अनसरी घर्ति आफ्नै मेहनत र संघर्षबाट त्यो ठाउँमा पुगेकाले उनीहरुलाई हेरेर अगाडि वढ्न महिलाहरुलाई सुझाव दिए ।
नेकपा एमाले पार्टी स्कुल विभागका सदस्य गोविन्द सुवेदीले एमालेले नेपाली महिलाको पक्षमा काम गर्दै आएको स्मरण गर्दै राजनैतिक शक्तिबाट मात्रै मुलुकको रुपान्तरण सम्भव भएको वताए ।
सो अवसरमा मन्तब्य राख्दै अञ्चल सम्पर्क मञ्चका अध्यक्ष लीला शेरचनले सडकमा मकै पोल्ने महिलालाई पनि तीज पर्वले छुन सक्नुपर्छ भन्दै त्यो दिशामा काम गर्न महिला नेतृहरुलाई आग्रह गरे ।
uml programme 3सो अवसरमा अनेम संघ केन्द्रिय परिषद सदस्य सरिता गौतमले अव महिलाहरुले केही गर्ने सक्दैनन् भन्ने दिनको अन्त्य भएकोले तीज पर्वलाई उत्साहपूर्वक मनाउनुपर्ने वताईन । सम्पर्क मञ्चका सदस्य छवी आचार्य सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सदस्य सचिता गौतमले र स्वागत कोषाध्यक्ष सावित्री शर्माले गरेकी थिईन ।
दरखाने कार्यक्रममा अञ्चल सम्पर्क मञ्चका सदस्य देवि प्रसाद अधिकारी, राजेन्द्र खड्का, पदम गिरी, भेषराज शर्मा, केशव शर्मा, बागलुङ सम्पर्क मञ्चका अध्यक्ष कृष्ण जिसी, म्याग्दी सम्पर्क मञ्चका अध्यक्ष पदम सापकोटा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतम, जिल्ला सम्पर्क मञ्चका पदाधिकारी तथा सदस्यहरु र महिलाहरुको सहभागितामा तिजी गीत कार्यक्रम र नृत्य प्रस्तुत गरिएको थियो । सम्पर्क मञ्चले प्रत्येक बर्ष दरखाने कार्यक्रम गर्दै आईरहेको अध्यक्ष कृष्ण जिसीले वताए ।