शनिबार ४ सहकारीको साधारणसभा

बागलुङ, १२ भदौ – लहरेपिपल बहुउद्देश्यीय सहकारी संस्था बागलुङको १७ औँ बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेलले सहकारी अभियान आर्थिक विकासको मोडलको रुपमा अगाडी बढेको भन्दै देश विकास गर्न सहकारीको भुमिका महत्वपुर्ण हुने बताए ।
उनले नेपालको राजनितिक परिवर्तनको क्षणमा सहकारीले समाजलाई जोडेर राखेको बताउदैँ सहकारीमा मुल्य मान्यता र सिद्धान्तको आधारमा कारोबार गर्न आग्रह गरे । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुको सहकारीलाई सफल बनाउन सञ्चालक, सदस्य र कर्मचारीहरु बिच समन्वय र सहकार्य आवश्यकता पर्ने बताएका थिए ।
आर्थिक विकास र सामाजिक रुपान्तरणका लागी सहकारी भएकाले सहकारी अभियानाई निरन्तरता दिनुपर्ने बताएका थिए । साधारणसभामा संस्थाका सचिव श्यामराज शर्माले बार्षिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक माधवप्रसाद उपाध्यायले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै कोषाध्यक्ष कुलप्रसाद उपाध्यायले आर्थिक बर्ष ०७२/७३ को ४ करोड ५५ लाख ५९ हजार १ सय ६० रुपैयाँको आयव्यय प्रस्तुत गरेका थिए । साधारणसभाका अवसरमा दैनिक बचतकर्ता कर्णबहादुर हमाल, मासिक बचतकर्ता भुवानीप्रसाद शर्मा, असल ऋणी किसान परियार, ज्येष्ठ नागरिक बचतकर्ता खड्कबहादुर खत्री, नाबालक बचतकर्ता उषा केसीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैँकका सञ्चालक रामबहादुर जिसी, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसी, संस्थापक अध्यक्ष नगेन्द्रराज शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष रुद्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष कुलबहादुर कार्कीको स्वागत मन्तव्य र सचिव श्यामराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
दुग्ध सहकारीमा कँडेल
बागलुङ- बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड भीमापोखरा बागलुङको शनिवार चौथो वार्षिक साधारणसभाले बालकृष्ण कंडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
14141946_1484869924872257_6023085268551320988_nसमितिको उपाध्यक्षमा दिपक गौतम, सचिवमा युक्तप्रसाद कंडेल, सहसचिव ओमप्रसाद कंडेल र कोषाध्यक्षमा धरणीधर सापकोटा, समितिको सदस्यहरुमा लक्ष्मणप्रसाद शर्मा, बालानन्द कंडेल, रामबहादुर हमाल र जगन्नाथ कंडेल रहेका छन् । यस्तै साधारणसभाले बालकृष्ण कंडेल संयोजक तथा हिरा कंडेल र पहलमान थापा सदस्य रहेको लेखा समिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक रामबहादुर जिसीले जानकारी दिए ।
नवनिर्वाचित समितिलाई निवर्तमान अध्यक्ष कविन्द्रप्रसाद शर्मा, निर्वाचन समितिका सदस्य विद्यापती शर्मा र सदस्य अम्मरबहादुर थापाले वधाई ज्ञापन गरेका थिए ।
अभियानको दशौं साधारणसभा
बागलुङ – राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीहरुलाई दिगो रुपमा सञ्चालनका लागि शेयर सदस्य विस्तारलाई पहिलो प्राथमिकता दिनु पर्नेमा जोड दिएका छन् ।
अभियान बहुृउद्देश्यीय सहकारी संस्था लिमिटेड उपल्लाचौर बागलुङको दशौ वार्षिक साधारणसभाको उद्घाटनका क्रममा बोल्दै जिसीले धेरै सदस्य भएको सहकारी दिगो हुने भएकाले सदस्य विस्तारमा जोड दिएका हुन् ।
कार्यक्रममा सहकारी बैंक बागलुङका प्रवन्धक सुरेश खनाल, सहयोगी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेन्द्रसिंह रायमाझी, संस्थाका संरक्षकहरु इन्द्रलाल सापकोटा र धु्रवबहादुर केसी, धौलागिरि बहुमुखी क्याम्पसका पूर्व प्रमुख आनन्दराज सिलवाल, संस्थाका पूर्वअध्यक्ष बाबुराज कार्की, व्यवसाय विविधिकरण उपसमितिका मणिभद्र शर्माले बोलेका थिए ।
संस्थाका अध्यक्ष केदारनाथ उपाध्यायको अध्यक्षता, उपाध्यक्ष देवी शर्माको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश शर्माले गरेका थिए । साधारणसभाले सचिव शर्माद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष गणेशप्रसाद शर्माद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाले गत आर्थिक वर्षमा २३ करोड ९९ लाख ८३ हजार ८ सय ८७ रुपैया बराबरको कारोबार गरेको कोषाध्यक्ष शर्माले जानकारी दिए । साधारणसभाले बाबुराज कार्कीको अध्यक्षतामा नया सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा देवी शर्मा, सचिव प्रकाश शर्मा, कोषाध्यक्ष गणेश प्रसाद शर्मा तथा सदस्यमा केदारनाथ उपाध्याय, निर्मला केसी, दलबहादुर गर्वुजा, जीतबहादुर कार्की, वाणिन्द्रबहादुर केसी, मानबहादुर केसी र खगराज पाण्डे छन् । यस्तै लेखा समितिको संयोजकमा टिकाराम आचार्य तथा सदस्यहरुमा ऋषिराम गोतामे र सुशिला केसी रहेका छन् ।
सिवाईसी सहकारीमा पुनः पौडेल चयन
बागलुङ – सिवाइसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको सातौँ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेसनले पुनः चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।
अधिवेसनले आगमी ३ वर्षका लागि उपाध्यक्षमा गीतादेवी रेग्मी, सचिव रामवहादुर के.सी, सहसचिव वेदप्रसाद शर्मा पौडेल र कोषाध्यक्ष विमला गुरुङलाइ चयन गरेको हो । शनिवार भएको अधिवेसनले सदस्यमा सीतादेवी शर्मा, शिलसिला के.सी, मुकेशचन्द्र राजभण्डारी, नारायण शर्मा, कृष्ण शर्मा, मेषलाल शर्मा, हर्कवहादुर पाण्डे र तारावहादुर वि.क लाई सर्वसम्मत चयन गरेको हो ।
पदमपाणी शर्माको संयोजकत्वमा संगिता शर्मा पौडेल र पूर्णवहादुर के.सी सदस्य रहेको ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति समेत सर्वसम्मतीवाट चयन गरेको छ । साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी संघ लि. नेपालका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले छरिएर रहेको श्रम, सिप र पुँजीलाई एकीकृत गरेर आफ्ना सदस्यको आर्थिक सामाजिक र सास्कृतीक रुपान्तरणका लागि अगाडि बढ्न आग्रह गरे ।
उनले सहकारीले उत्पादन, सेवा र वितरणका क्षेत्रमा कार्यक्रम वनाएर अघि बढ्नुपर्ने धारणा पनि राखे ।
कार्यक्रममा सिवाईसी साकोसका सल्लाहाकार देववहादुर श्रेष्ठ, जिल्ला सहकारी संघ लि. वागलुङका उपाध्यक्ष अशोक गोविन्द राजभण्डारी, पत्रकार महासंघ वागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सिवाईसी साकोसका सल्लाहाकार एवं निर्वाचन अधिकृत काजिगाउँले श्रेष्ठ, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. वागलुङका उपाध्यक्ष गणेश खत्री, सेवाकेन्द्रहरुको तर्फवाट सदस्य सेवाकेन्द्र बुर्तिवाङका संयोजक गण्डकी थापा अधिकारी लगाएतले सातौँ वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।