संकटमा विद्यालय

गुमानसिंह भण्डारी
बागलुङ, १३ भदौ – जिल्लाको काँडेबासस्थित नवबिहानी प्राथमिक विद्यालयमा आर्थिक अभाव भएको छ । गाबिसकै उच्च भागमा पर्ने थालेपोखराका आर्थिक रुपमा सम्पन्न परिवार बसाई सराई गरि जान थालेपछि बिद्यालयलाई आर्थिक समस्या परेको हो ।
गाउँमा बसोबास गर्ने अन्य परिवार बिहान काम गरेर बेलुका जिविकोपार्जन भएकाले विद्यालयलाई सहयोग गर्न सक्ने अवस्था नभएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष छमबहादुर गलामीले बताए ।
विद्यालयको आर्थिक अवस्था कमजोर भएकै कारण स्थानिय स्रोतबाट शिक्षक राख्न नसकेपछि कक्षा ४ सम्म ३ जना शिक्षकहरुले अध्यापन गराउदै आईरहेको बिद्यालयका प्रध्यानाध्यापक बिष्णु कुमारी गौतमले बताइन् ।
त्यस्तै गत बर्षको भूकम्पले विद्यालयको चर्पि चर्किएपछि बिद्यार्थी तथा शिक्षकहरुले जोखिपुर्ण तरिकाले प्रयोग गर्न बाध्य छन् । गतबर्ष जिल्ला शिक्षा कार्यालय बागलुङमा चर्पि निर्माणका लागि पहल गरेपनि हालसम्म सहयोग प्राप्त नभएको बिद्यालयले जनाएको छ ।
बर्षातको समयमा धेरैजसो बिद्यार्थीहरुले नजिकैको खोल्सामा दिसापिसाब गर्दै आएका छन् ।