महासंघलाई २० हजार सहयोग

बागलुङ, १३ भदौ – नेपाल पत्रकार महासंघले अगाडि सारेको सूचना केन्द्र निर्माणको अभियानलाई महासंघका सदस्य तथा पत्रकार अर्जुन लामिछानेले सहयोग गरेका छन् ।
रोजगारीका लागि जापान गएका लामिछानेले आफ्नो जन्म दिनको अवसरमा गर्ने खर्च जोगाएर २० हजार रुपैयाँ महासंघलाइ सहयोग गरेका हुन् ।
उनले सहयोग स्वरुप संकलन गरेर पठाएको रकमलाइ लामिछानेकी बहिनी लक्ष्मीले नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीलाइ एक कार्यक्रमका बिच हस्तान्तरण गरेकी थिइन् ।
उक्त अवसरमा उनले रोजगारीका लागि विदेशमा भएपनि महासंघको अभियानमा सहयोग गर्ने प्रतिवद्धता जनाएर पठाएको रकमलाइ हस्तान्तरणका लागि ल्याएको बताइन् । कार्यक्रममा अध्यक्ष राजभण्डारीले सुविधा सम्पन्न सूचना केन्द्र बनाएर पत्रकारलाइ नियमित समाचार पठाउने व्यवस्था समेतमा सहयोग गर्ने योजना बनाएको बताए ।
यो अभियानका लागि घरदैलो अभियान समेत संचालन गरेर थप रकम जम्मा गर्ने र पुस्तकलाइ इलाइव्रेरीको रुपमा कम्प्युटरबाटै पढ्ने व्यवस्था पनि गराउन लागिएको बताए ।
राजभण्डारीको अध्यक्षता सचिव दिल शिरिषको संचालन र कोषाध्यक्ष ताराप्रसाद शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।