प्रियंकाले बनाउने भइन् नेपाली भाषामा फिल्म

बागलुङ,१४ पुस – अभिनय र सुन्दरतामा मात्रै नभइ बलिउड नायिका प्रियंका चोपडाले फरक फरक गरेर आफ्नो बहुप्रतिभाको परिचय दिँदै आएकी छिन्। हालै उनले सिक्किमेली-नेपाली फिल्म बनाउन लागेको खबर भारतीय सञ्चार माध्यममा छाएको छ।
भारतका क्षेत्रीय विषय र प्रतिभालाई मूलधारमा ल्याउन उनको निर्माण कम्पनी कम्पनी पर्पल पेबल प्रोडक्सन्सले यसअघि केही क्षेत्रीय फिल्म बनाइसकेको छ। नेपाली भाषामा बन्ने उनको नयाँ प्रोजेक्टमा नेपाल तथा सिक्किमका स्थानीय कलाकारले काम गर्ने बताइएको छ। प्रियंकाकी आमा मधु चोपडाले फिल्मको नाम ‘पौवा’ हुने र यसको अर्थ पाहुना रहेको बताएकी छिन्। एजेन्सी