लक्ष्मण श्रीको मायालु हिमालको काखैमा छायांकन

काठमाडौं, १६ पुस – युवा समाजसेवी एव कलाकार लक्ष्मण श्रीको नयाँ गितको म्युजिक भिडियोका लागि बागलुङमा छायांकन गरिएको छ । धौलागिरि अञ्चलका सवै जिल्ला र जिल्ला भित्र रहेका पर्यटकिय स्थलहरुलाई गीत मार्फत प्रचार प्रसारमा समेत टेवा पुग्ने गरि तयार गरिएको हो ।धौलागिरि मायालु हिमालको काखैमा बोलको गीतको बागलुङका बिभिन्न स्थानमा छायांकन गरिएको हो ।
laxman-shree-jpg-3अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाका बिभिन्न स्थानलाई आधार बनाएर लेखिएको पर्वत, बागलुङ, मायालु म्याग्दी र मुस्ताङमा, नाचौ गाउँ मायालु यहि सुन्दर स्थानमा, धौलागिरि मायालु हिमालको काखैमा, आफ्नो ठाउँको मायालु झझल्को आँखैमा गीतको पञ्चकोट र बागलुङ बजार आसपासका बिभिन्न स्थानमा छायांकन गरिएको कलाकार लक्ष्मण श्रीले बताए ।
laxman-shree-jpg-2पुरानो लोक संस्कृति नौमती बाजाको पहिचानलाई सम्मान गर्दै धौलागिरिको पहिचानलाई केहि रुपमा भए पनि संगित र भिडियो मार्फत स्थापित गर्न जिल्लामा नै छायाङ्कन गरिएको उनको भनाई छ । लक्ष्मण श्रीको आफ्नै शव्द तथा लयमा तयार गीतमा लक्ष्मण श्री र कृष्ण परियारको स्वर रहेको छ भने गीतकार श्री र चर्चित मोडेल पार्वती राइले अभिनय गरेका छन् ।
laxman-shreeम्युजिक भिडियो शिव बिकको निर्देशन, शम्भु चालिसेको छायाँकन, गोपाल योञ्जन कला प्रशिक्षण केन्द्र पर्वतका साथै म्याग्दी र बागलुङका कलकारहरुको कोरस नृत्य, बिबि अनुरागीको एरेन्ज रहेको छ । उक्त म्युजिक भिडियो छिट्टै बजारमा आउने श्रीले जानकारी दिए ।laxman-shree-jpg-1