आमा बन्ने रहर नायिका रेखा थापालाई

दाङ, १६ पुस – नायिका रेखा थापाले आमा बन्ने रहर जागेको बताएकी छिन। दाङको घोराहीमा शनिबार भएको पत्रकार भेटघाटमा बोल्दै थापाले आफूलाई पनि सन्तानको आमा हुने रहर भएको बताइन्।
बैवाहिक जीवनबारे सोधिएको प्रश्नमा नायिका थापाले अब विवाह गर्ने समय पनि आएको र मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिने उनले जानकारी दिइन्। दाङको कोठरीमा आयोजित माघी महोत्सवमा सहभागी हुन आएकी थापाले राजनीतिक भेटघाटलाई पनि महत्व दिएकी छिन्।
अर्को एक प्रसंगमा थापाले अब राजनीतिक नायिका पनि बन्ने जनाइन। नीतिनिर्माण तहमा भूमिका खेल्न राजनीतिमा आएको र अब यस क्षेत्रको पनि नायिका बन्ने धारणा व्यक्त गरिन्। ‘चलचित्रमा मात्रै नायिका बनेर महिलाका मुद्दाहरु उठाउन कठिन हुँदोरहेछ,’ उनले भन्नि, ‘अब राजनीतिक रुपमै महिलाका अधिकार सम्बोधन गर्ने योजनामा छु। अब राजनीतिक नायिका बन्ने छु।’ नायिका थापा केही समयअघि माओवादी केन्द्र परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थिइन।