बुद्धिजिवीले बिगारेको देश…

कृष्ण प्रसाद शर्मा
गाउँमा र शहरमा दुई वर्गका मान्छे छन् । एउटा आँफुले पढेलेखेको भएका कारण सबै जान्ने अर्को पढेलेखेकाले भनेको ठीकै त होला भनेर आँखा चिम्म गरेर मन, बचनले सही ठोक्ने । यी दुई बर्ग भित्रै पढेकालाई सबै सुम्पेर बसेका दलितदेखी गरीब पनि पर्दछन् । नेपालमा अझै प्रौढ शिक्षा नै बिश्वबिद्यालय सरहको शिक्षा सोचिरहेको ठूलो हिस्सा गाउँमै बस्दछन् । जसको प्रतिनिधित्व पढेलेखेकाले गर्दैनन् । राजनीतिमा होस् वा अरू जुन कुनैमा पनि पढेलेखेका मान्छेहरूको बिगबिगी छँदैछ । हाम्रो समाज बहुजातिय, बहुभाषी र बहुधर्मिक र बहुसंस्कृति छ । यहाँका भाषा, रितिरिवाज र चालचलन देश चिनाउने सम्पदा हुन भने देशको यि देशको ठूलो सम्पत्ति पनि हो । तर आजकाल हामीलाई पढेलेखेकाहरूले तिम्रो भाषा तिम्रो चालचलन भन्दा अरूका भाषा र रितिरिवाज ठीक छ वा अरूले तिमीलाई बेठीक ठान्दछन् भन्ने खालका भ्रामक कुराहरू सिकाईरहेका हुन्छन् ।
पढेलेखेका मान्छेहरू बुद्विजिवी भएपनि यिनीहरू अझै बौद्धिक हुन सकेका छैनन् । बुद्धिजिवी भनेको बुद्धि बेच्ने मान्छेहरू हुन उनीहरू पैसा आउँछ भने सबै बेच्न तयार हुन्छन् । तर बौद्धिकहरू अक्सर ज्ञानी हुन्छन् र उनीहरू स्वाभिमानको मोलतोलमा बिक्दैनन तर देशमा ज्ञान बिनाका पढेलेखेका बुद्धिजिवि मानिसको भीड बढ्दो छ । अहिले दिन प्रतिदिन संघ सस्थाहरू बढदा छन् । एनजीओ र आईएनजीओको संख्या यति बढदो छ कि हजारौ होईन लाखौ पुग्दैछन् । यसमा अक्सर काम गर्न पढेलेखेकै हुन । यसमा काम गर्नेहरूको कामको प्रकृति र तरिका संस्थाका उद्देश्य अनुसार हुन्छ न कि जनताको आवश्यकता । अहिले गाउँघरमा एउटा लहर चलेको छ त्यो हो खुला दिशामुक्त । जहाँ पहिला पिउने पानी समेत छैन त्यहाँ खुला दिशामुक्त गराउँदै छौं । यसको उदाहरण दिन खोजेको बुद्धिजिवीहरूको कामको तरिका मात्रै देखाउन खोजेको हो । त्यस्तै अहिले पढेलेखेकाहरू अहिले प्रत्येकले अधिकार पाउनुपर्छ भन्छन् । त्यो निकै राम्रो हो तर आईएनजीको पैसाले नेपालको आफ्नो स्वाभिमान नै उड्ने गरी काम गर्न समेत पछि पर्दैनन् । भूकम्प पीडितका घर अहिलेसम्म बनेका छैनन् किनकी विदेशीले दिएको अनुदान घरका लागि होईन कि आफ्नै उद्देश्यका लागि प्रयोग हुने कार्यक्रममा खर्च भएका छन् जसका नेपालमा रहेका बुद्धीजीवी कै गोप्य योजनमा बन्दछन् ।
ठूला छापाखानादेखी केही अनलाईन मिडियाहरूको स्वरुप हेर्दा मिशिन पत्रकारीता जस्तो बुझिन्छ । राम्रो काम गर्नेलाई भन्दा देशको अखण्डता तोडमोड गर्ने खालका लेख र समाचार प्रशय दिईरहेको पाईन्छ । नागरिक समाज पार्टि अनुसारका छन् जसलाई हामी पढेलेखेकै वर्गमा राख्दछौ । कसैले बोल्दा हामी उसको बोलीमा मानव अधिकार देख्छौ भने कसैले बोल्दा अपराधी देख्छौ । यस्तै खालका पढेलेखेकाहरूको बुद्धिले सर्वसाधारण अन्योलमा छन् । जुन देश बिखण्डनको संघारमा पुग्छ त्यहाँ संघियताले टुक्रनबाट रोक्छ भन्ने एकखाले स्वघोषित बुद्धीजिवी छन् भने अर्कोखाले संघियताले अखण्डलाई बिखण्ड गर्छ भन्दछन् तर बिश्वमा बिकासका उदाहरण हेर्ने होभने संघियता भएका ठाउँमा पनि बिकास छ नभएका ठाउँमा पनि तर हाम्रोमा संघियताका व्याख्या गर्ने पढेलेखेकाहरूले भत्ता पचाउन निकालेका उपायबाहेक केही देखिँदैन । जुन कुरामा बढी बिवाद छ त्यसैलाई उचालेर लेख्ने, सेमिनिर गर्ने गरिन्छ । मिलेर बसेका नेपालका मनमा क्रोधको राप झोसेर छोडछन् धेरै गोष्टी र सेमिनिरले । रुकुमका राजकुमार पुन आफ्नो घर बेचेर काठमाडौंमा एचआईभी संक्रमितलाई पालनपोषण गरेका छन् । उनले पालेका अधिकांश बच्चाहरु तराई मुलका छन्भने बारा कलैयाका डा.दिलजान मन्सुर आफ्नो घर बेचेर आएको ६० लाखले जाजरकोटमा शुद्ध पिउने पानी खुवाउने योजनामा खर्च गरिरहेका छन् तर त्यही तराईमा पढेलेकाहरूले पहाडीलाई दुस्मन देख्नु पर्छ भन्ने बीउ रोप्छन् । भूकम्प गएका जिल्ला नभए पनि सप्तरीको मुसहर बस्ती बनाउ लागेका धुर्मुस सुन्तलीले कुनै पढेलेखेर प्रस्ताब पेश गरेर पाएको रकमले काम गर्दै छैनन् तर तराईमा दुई दशक राज गर्नेहरूले मुसहरको जीवनभन्दा बढी समाचार सिके राउतको लेख्छन् । यो किन भएको छ ।
यहाँ राजनैतिक रुपमा मात्र होईन कि सामाजिक रुपमा समेत बिचलन ल्याउन खालको शोधपत्र प्रस्तुत भएका छन् । गत एक बर्षमा दलित माथीका घटनामा पढेलेखेकाहरूबाटै बढी भएका छन् भने दाईजोमा पढेलेखेका साथै राजनैतिक संरक्षण छ भन्ने कुरा त मन्त्रीहरूको सम्पत्ति बिवरणले नै देखाउँदछ । हर्क गुरुङको बिकासमा भाग्यबादलाई जोडेर हिन्दु धर्मको अपव्याख्या गर्न धेरैलाई थाहा होला तर उनैको पाँच बिकास क्षेत्रको अवधारणबारे भने कसैले बोल्दैन किन कि नेपालमा हिमाल, पहाड र तराई मिलेर बसेको केहीलाई मन परेकै छैन । शहरमा प्रत्येक बर्ष उही पुरानो शोधपत्रका खोलमा मिति सच्चाएर प्रवचन दिने धेरै छन् । आसन वरीको तर राशन पारीको गरेर जीवीका चलाउने पढेलेखेका पनि धेरै छन् । स्वदेशमा मात्रै होईन बिदेशमा बसेर स्वदेशका सूचना बेच्ने बुद्धिजिवीहरु पनि प्रशस्तै छन् । बुद्धिजिवीहरू जनताको नाममा धेरै लेख लेख्छन् तर उनीहरूको बोली होईन अरूकै बोली लेख्छन् जुन लेखाईएका हुन ।
जनताको घरमा चुलो बलेको देख्न चाँदैनन् तर जनताको मनमा आगो बलेको देख्न चाहन्छ । ठीक कुरालाई पार्टिसँग जोडेर होईन सत्यतासँग दाँजेर हेर्नुपर्ने हो तर त्यसो गरिंदैन । हामी ति मान्छेहरूलाई बौद्धिक भनिरहेका छौ जो नेपाली नागरिकता त्यागेर बिदेशी नागरिकता लिएकोमा गर्व महसुस भएको लेख छाप्ने र छपाउनहरुलाई । तिनै बुद्धीजीवीहरू प्रत्येक बर्ष बिदेशबाट पुस्तक प्रकाशन गरेर देश यसरी बनाउ उसरी बनाउ भनिरहेका हुन्छन् । समाजलाई पढेलेखेकाले एउटा बाटो दिने काम गर्नुपर्ने हो अर्थात मार्गदर्शन दिने तर हाम्रोमा मुद्धामाथि राजनीति थुपारेर दोबोटोमा लगेर बेवारेसी बनाईन्छन् । जसमा गाउँमा कुटो कोदालो गरेर बसेकाहरूको केही हात छैन । केही टाँठाबाठाको बोलीका भरमा भोट दिन्छन् अनि काम तिर लाग्छन् फेरी चुनाव आउँदा भोट दिन्छन् तर हाम्रो भोटले के पायो त्यो सोध्ने न हिम्मत पाएका छन् बिकास किनकी नेतालाई आम्नेसाम्ने सोध्नु सोझा जनताको काम नभएर पढेलेखेका मान्छेहरूको काम हो भन्ने ठान्दछन् ।
स्वदेशमै बसेर आफ्नो पायक र लायक मुद्रा र स्थानबाट रकम बुझेर सोझा गरीब जनतालाई भिडिएर बर्षौदेखी मिलेर बसेको समाजमा खैलाबैला ल्याउने कथित बुद्धीजीवीहरूबाट देशलाई जोगाउनु छ । गाउँमा प्रदेशी छोराछोरीको आडअदारमा बसेका नेपालीको यो देश बिगार्नेमा कुनै दोष छैन । ज्ञान बिनाका पढेलेखेकाहरुबाट सजक बनौ देशको रक्षा गरौ । मिलेर बसौ ।