पोर्न फिल्म हेर्नुका बेफाइदा यस्ता छन्

पछिल्लो केही साता अभिनेता टेरी क्रुको एउटा भिडियो सिरिजलाई लाखौ दर्शकले हरे, जसमा उनले आफू कसरी पोर्नोग्राफी लतको शिकार बनेको बताएका थिए । तर, अहिले यो एउटा प्रश्न बनेको छ कि के पोर्न लत हो ? क्रुले आफ्नो तीन भागमा समेटिएको भिडियो सिरिजलाई ‘डर्टी लिटिल सिक्रेट्स’ को नाम दिएका छन् । उनले आफूले १२ वर्षकै उमेरदेखि पोर्न हेर्न सुरु गरेको स्वीकार गरेका छन् । उनको पहिलो भिडियो सिरिज ३० लाख बढीले हरेका थिए । जसमा हजारौ कमेन्ट थिए । पूर्व अमेरिकी फुटबल खेलाडीसमेत रहेका क्रु अहिले टेलिभिजन कार्यक्रम र चलचित्र अभिनेताका रुपमा परिचित छन् । उनी भन्छन्– पोर्नोग्राफीले वास्तमै मेरो जिवनलाई कयौ तरिकाले बर्बाद बनायो । यदि दिन रातमा परिवर्तन हुन्छ, तैपनि तपाई पोर्न हेरिरहनु भएको छभने यसको अर्थ हो, तपाईमा केही समस्या छ । मलाई पनि त्यस्तै भएको थियो । उनले यही लतका कारण श्रीमती ग्राँस्पल गायिका रेबेका किंग क्रुका साथ सम्बन्ध खराब भएको स्वीकार गर्दै पछि स्थायी रुपमै श्रीमतीसँग अलग हुनु परेको बताए । फेसबुकमा हजारौले क्रुको इमान्दारिताको सराहना गरेका छन् । यद्यपि ‘पोर्नको लत’ सम्बन्धी विचारमा धेरै विवाद छ । अमेरिकी साइकाइट्रिक एसोसिएसनको तर्फबाट जारी ‘डायग्नस्टिक एन्ड स्टैटिस्टिकल म्यानुअल’ को नयाँ संस्करमा यसलाई एउटा विकृतिका रुपमा समावेश गरिएको छैन । कयौ विशेषज्ञका अनुसार, पोर्न हेर्ने मानिसको दिमाग, लागु औषध प्रयोग गर्ने मासिनसको दिमागले जसरी काम गर्दैन । यद्यपि यस विषयसँग सम्बन्धित तथ्य केही हदसम्म विरोधाभाषी छ ।
एउटा शोधमा क्याब्रिज विश्वविद्यालयका शोधकर्ताहरुले पोर्न हेर्ने १९ जना पुरुषको मस्तिष्क स्क्यान गरेका थिए । जब उनीहरुको रुचीको लतसम्बन्धी वस्तु देखाइयो तब मस्तिष्कको केही विशेष केन्द्र सक्रिय भएको देखिएको थियो । लस एन्जल्सको क्यालिफोर्निया विश्व विद्यालयका एक शोधकर्ता निकोल प्राजका अनुसार, पोर्नलाई मदिरा र ड्रगको लतसँग जोड्नु हुँदैन । उनले बीबीसी ट्रेनिङ्ग रेडियोसँग भने–पोर्नको लतका सम्बन्धमा पनि दिमाग कुनै अर्को नशाकै जसरी केही हदसम्म समान देखिन्छ र त्यसपछि यो अलग हुने गर्दछ । उनले भनिन्–अरु लत जस्तो कि जुवाको लत भएकाहरुको दिमाग बढी प्रतिक्रियाशील हुने गर्दछ, तर पोर्नको लतीको दिमाग त्यस्तो प्रतिक्रियाशीलता कम हुने गर्दछ । प्राजका अनुसार, मस्तिष्क विज्ञान अनुसार वर्तमान मोडलमा पोर्न लत होइन, यसलाई एउटा नशाको रुपमा हेर्नु प्रतिकुल असर देखाउन सक्दछ । यद्यपि हजारौ मानिस छन्, पोर्नलाई लत नमानिएकोमा असन्तुष्ट छन् । यस्ता समूहको फोरम पनि छ, जहाँ उनीहरु अनलाइन पोर्नोग्राफीको लत छोड्नका लागि संघर्ष गरिरहेको बताइरहेका छन् । –एजेन्सीको सहयोगमा