ढुंगेलको रिहाइमा असन्तुस्ट युवा नेता गगनको कडा प्रतिक्रिया, के भने ?

काठमाडौँ । ज्यानमुद्दामा आजीवन काराबासको सजाय भोगेका बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसका दिन रिहा गरेर सरकारले अदालतलाई हेपेको र विधिको शासनको खिल्ली उडाएको नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन्।

थापाले मंगलबार दिउँसो ट्विट गर्दै गम्भीर फौज्दारी अभियोगका दण्डित व्यक्तिले अपराध नस्वीकारेर अदालतलाई चुनौती दिनुलाई राम्रो आचरण भनेर माफी दिन नमिल्ने भन्दै आपत्ति जनाएका छन्।

सरकारले गणतन्त्र दिवसका दिन असल चालचलनमा ढुंगेललाई मंगलबार रिहा गरेको हो।

ढुंगेल रिहाइको विरोध गर्दै नेता थापाले लेखेका छन्,

‘गणतन्त्र दिवसमा ढुङ्गेल रिहा! गम्भिर फौजदारी अभियोगमा दण्डित व्यक्ति जो अपराध स्वीकार्दैन बरु अदालतलाई चुनौती दिन्छ।के ‘राम्रो आचरण’भनेर माफी दिन मिल्छ?अर्कोतर्फ अदालतमा छलफलरत विषयमा निर्णय गरेर सरकारले अदालतलाई हेपेको छ। यसले विधिको शासनको खिल्ली उडाएको छ।’