राष्ट्रियसभा संसदीय दलको नेतामा शर्मा चयन

बागलुङ, १६ जेठ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ । बानेश्वरमा बुधबार बसेको नेकपा संसदीय दलको बैठकले शर्मामालाई दलको नेता चयन गरेको हो । बैठकले प्रतिनिधिसभातर्फ नेकपा संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र प्रमुख सचेतकमा देव गुरुङ चयन भएका छन् । त्यस्तै दलको बैठकले सचेतकमा शान्ता चौधरीलाई चयन गरेको नेकपाले जनाएको छ।