अनमोल र अदिति बुढाथोकी

क्याप्टेन लगत्तै केसी ए मेरो हजुर ३ मा व्यस्त हुनेछन् । लगत्तै, मिलन चाम्सको अनटाइटल प्रोजेक्ट गर्ने तयारी छ । निर्देशक चाम्सका अनुसार केही सातामै केसीसँग लिखित सम्झौता हुनेछ ।

आगामी दुई वर्ष अनमोल केसी पुरै व्यस्त हुने देखिएको छ । सुटिङ भैरहेको क्याप्टेनलाई गणना नगर्ने हो भने उनीसँग अहिले थप तीन फिल्म पाइपलाइनमा छन् ।

त्यसलगत्तै, केसी पुनः नेपाल र भारतका केही निर्माताको समूह मिलेर निर्माण गर्न लागेको एक अनटाइटल फिल्ममा व्यस्त हुनेछन् । गतसाता अनमोलले उक्त ग्रुपबाट एड्भान्स पारिश्रमिक समेत लिइसकेका छन् ।