नेप-ग्याजम स्टयाण्ड-अप कमेडी शो

काठमाण्डौ, १७ जेठ–नेप-ग्याजम स्टयाण्ड-अप कमेडी शो र सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुक्त आयोजनामा लाइभ स्टयाण्ड–अप कमेडी शो सिजन २ राजधानी को झम्सिखेल स्थित एट डिग्रीज फाइन डाइन एण्ड भेन्यूज रेस्ट्रोमा सम्पन्न गरेको छ ।
गत चैत्र २४ गते सम्पन्न भएको लाइभ स्टयाण्ड–अप कमेडी शो सिजन १ को सफलता पछिको यो दोस्रो सिजनमा सात जना हास्य कलाकारहरु लेखमणी त्रिताल, सहर्ष के.सी., रुपक बुढाथोकी, योजना थापा, बिभोर अधिकारी, सरोज भण्डारी, विवेक पौडेल साथै गेस्ट आरटिस्टमा कलाकार रोशन सुवेदीले आफ्ना प्रस्तुतिहरु दिएर उपस्थित दर्शकहरुलाई ३ घण्टासम्म हाँस्न बाध्य बनाएका थिए । सो कार्यक्रमको उदघोषण सोमिता धमलाले गरेकी थिइन भने कार्यक्रममा उपस्थित दर्शकहरुले फेरी पनि यस्तो कमेडी सो आयोजना गर्न आयोजकसँग माग गरेका थिए ।