दुईमुटुको धड्कन बजारमा

काठमान्डौं १७ जेठ –नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वोकृष्ट रचनाहरु बजारमा ल्याउँदै आएको शिव दर्शन म्युजिक प्रालीको प्रस्तुतिमा समर्पित मन पुष्कलको ” दुई मुटुको धड्कन ” को भिडियो सार्वजनिक भएको छ । लोक दोहोरी गीत संगीतको क्षेत्रमामा राम्रो स्थान बनाउन सफल गायक रामजी खाँड र गायिका देवि धर्ति मगरको आवाजमा गित बजारमा आएको हो । मौलिक सिर्जना भएकाले भिडियो तथा अडियोलाई लाई अधिक मात्रामा दर्शक तथा स्रोताले मन पराउने गायक रामजी खाँडले बताए । बाध्यताले आफनी मायालुबाट छुट्दा आफनो मनमा हलचल भएको गीतमा भनिएको छ । तिलक बहादुर ओली र शिव कुवँरको शब्द तथा पुश्कल कुँवरको मौलिक लय सिर्जनामा रहेको गीतमा आफनी प्रेमिका बाट बाध्यतामा छुटनु परेको अवस्थालाई चित्रण गरिएको छ ।