गजल लागू हुँदैन

इश्वर साक्षी राखी खाएको त कसम लागू हुँदैन
यो मेरो जीवन हो, कसैको हैकम लागू हुँदैन

उसले भन्छे डेबिट क्रेडिट बराबर हुनुपर्ने हो
माया पिरतीमा कुनै लेखाको नियम लागू हुँदैन

दिनभर काम नगरे चुलो बल्दै बल्दैन गाउँमा
खाडीमा कहिल्यै सूर्यको तापक्रम लागू हुँदैन

सानो चोटले कसैले रुवाउँछु सोच्दै नसोच्नु !
दिल यो पत्थर बन्यो यसमा जखम लागू हुँदैन

‘मानौँ तिमी मेरो लोग्ने’ ! गणित हो र माया ?
माफ गर्नु ! यस्तो बेला तिम्रो प्रीयतम लागू हुँदैन

🖎 विनोद विवश
जैमिनी ०१, बागलुङ