मान्छेको चोला (गजल)

नसोचौं अमरछ जीवन यो त एकदिन मर्ने हो
चढ्दा चढ्दै शिखर टेके फेरि तलै झर्ने हो

बाँचुञ्जेल के कति गर्न सकिन्छ आफैले
असल कर्म यि हातले सके जति गर्ने हो

नरूवाउनु कसैलाई दिलै दुखाएर त्यो
मानिसको चोला नै यो हाँसो खुसी छर्ने हो

हिजो कहाँ थियौ हामी भोलि कहाँ जादैछौ
अमर छ यो आत्मा हाम्रो चोला मात्रै सर्ने हो

लोभ लालच किन धेरै मरिजाने जिन्दगी यो
मान्छेले नै मान्छेको त्यो खुसी किन हर्ने हो

गँगाधर शर्मा
बागलुङ हाल कतार