जुवामा श्रीमतीलाई हारे, जित्नेले गरे बलात्कार

एजेन्सी /बागलुङ १७ जेठ –महाभारतमा पाण्डवले द्रौपदीलाई जुवामा हारेको कहानी त सुन्नुभएको होला । अब यो कहानी वास्तविक जीवनमा पनि घटित भएको छ । भारतको ओडिशास्थित बालासोरमा एक व्यक्तिले श्रीमतीलाई जुवामा दाउ लगाए र हारे पनि । पछि जित्ने व्यक्तिले कथित रुपमा उनको बलात्कार गरेको बताइएको छ । साथै, पीडित महिलाका अनुसार श्रीमानले उनलाई बचाउनुको साटो आरोपीको मद्दत गरे । ओडिशाको बालासोरमा ३५ वर्षीया महिलाले पुलिस थानामा गत मे २३ तारिखमा आफू बलात्कृत भएको मुद्दा दर्ता गरिन् । आरोपीले श्रीमानको सहमतीमा उनको बलात्कार गरेको जानकारी दिइन् । पीडित महिला दुई सन्तानकी आमासमेत हुन् ।