निशुल्क स्वास्थ्य शिविर सकियो

बागलुङ, १८ जेठ– बरेङ गाँउपालिका हुग्दिशिर स्वास्थ्य चौकीमा बुधबार जिल्ला जनस्वाथ्य कार्यालय बागलुङ र बरेङ गाँउपालिकाको समन्वयमा क्षयरोग सम्बन्धी एक दिने खकार तथा घाटी परिक्षण शिविर सम्पन्न भएको छ । यस क्षेत्रका आम जानताको समस्यालाई मध्यनजर गर्दै बरेङ गाँउपालिकाको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको समन्वयमा शिविर आयोजना गरिएको हो । शिविरमा निशुल्क स्वास्थ्य चेकजाँच गरी औषधी वितरण गरिनुका साथै खकारको ल्याब परिक्षण गरिएको थियो । शिविरमा बरेङ गाँउपालिका–१ धुल्लुबास्कोट र वडा नं. २ हुग्दिशिरका गरी २ सय ५७ जना बिरामीहरुले आफनो स्वास्थ्य परिक्षण गराएका छन भने जसमा १ सय ६८ जनाको खकार परिक्षण गरिएको र २ सय बिरामीलाई २० हजार बराबरको निशुल्क औषधी बितरण गरिएको बरेङ गाँउपालिका स्वास्थ्य संयोजक पदम बहादुर पुनले बताए । कार्यक्रममा प्रमुख अथिति देव प्रकाश घिमिरेले क्षयरोग पहिले जस्तो मानिसको ज्यानै लिने रोगको रुपमा अहिले नरहेको क्षयरोगका रोगी विरामीहरुले अनुशासित भई नियमित औषधी सेवन गर्नु पर्ने कुरामा जोड दिईएको थियो ।