गर्मीः समस्या र बच्ने उपाय

गर्मी विगतका बर्षहरूमा भन्दा धेरै नै बढीरहेको छ । अझै तराई क्षेत्रका बासिन्दा रातदिन छट्पटाई रहेका छन् । अझ दिउँसको समयमा त घर बाहिर निस्कन नसक्ने भएका छौं । छिमेकी राष्ट्रतिर उच्च गर्मीले कयौँको ज्यान लिइसकेको समाचार सुन्दा र आफैले पनि गर्मीको महशुस गर्दा हामी आत्तिएको अवस्था हो । अहिले अस्पतालहरुमा गर्मीको कारण आउने विरामीको संख्या वृद्धि भएको छ । धेरै जसो कडा मिहेनत गर्ने मानिस, सुरक्षाकर्मी, विद्यार्थी, स्वास्थ्यकर्मी, रिक्सा चालक, मजदुरलाई यसले असर गरेको छ ।
गर्मी हामी मानव जातिको गलत क्रियाकलापका कारण विस्तारै प्रत्येक वर्ष बढ्दै गएको छ । गर्मी समयमा अपनाउनु पर्ने सामान्य सावधानी नअपनाउँदा धेरै भन्दा धेरै स्वास्थ्य समस्या आउने गरेका छन् । जसका कारण धेरै मानिसहरुको मृत्यु समेत हुने गरेको छ । वर्षेनि अत्याधिक गर्मी बढ्नुको मुख्य कारण वन विनाश नै हो । सरकार, सम्बन्धित निकाय र हामीले वन विनाश रोक्न पर्याप्त मात्रामा काम गर्न सकेका छैनौ । एकातिर वन माफियाहरु वन मास्ने काम गरेका छन्भने अर्कोतिर जथाभावी रुपमा नदीजन्य पदार्थको उत्खनन र तस्करी भैरहेको छ । जसले गर्दा हरियाली हराउदै छभने पानीका मुहान जमिनको भित्री सतहमा भाँसिदै गएका कारण असाध्यै गर्मीको महशुस हामीले गर्नु परेको छ । सरकार र सम्बन्धित निकायले ध्यान नदिँदा तस्कर र वन माफिया रातारात अर्बपति भएका छन् भने हामीले सास्ती खेप्नु परेको छ ।
यति मात्र होइन सामान्य जनचेतनाको कमी र लापर्वाहीको कारणले गर्दा गोठाला, बटुवा, दाउरे, ब्यापारी र अन्य व्यक्तिले घाँस दाउरा, काठ, कोइला आदिको लोभमा वनमा डढेलो लगाउने, वन मास्ने, चुरोट खाएर वनमा फाल्ने, शिकार गर्ने वा अन्य निहुँमा वनमा आगो लगाउन गर्दा रुख डढेर मर्ने गरेका छन । यसले गर्दा गर्मी बढ्न सहयोग पुगेको छ । गर्मी बढ्नुको अर्को मुख्य कारण प्लाष्टिक, टाएर जस्ता वस्तुलाई जलाउँदा, उद्योग कलकारखाना, पुराना थोत्रा गाडी र मेसिन आदिबाट निस्कने धुँवा, धुलो र प्रदुषण पनि हो । यसले सुर्यको किरणलाई प्रत्यक्ष रुपमा पृथ्वीमा आउन रोक्ने ओजन तहलाई नष्ट गरेर पातलो बनाउदै जान्छ जसले गर्दा अत्याधिक गर्मी भई विभिन्न स्वास्थ समस्या देखा पर्छन ।
अब वृक्षारोपण फेशनको लागि नभई बिरुवा हुर्काउनका लागि पनि हुनुपर्छ । सरकारले पनि रुख काट्ने, मास्ने, वनमा डढेलो लगाउने तस्कर गर्नेविरुद्ध कडाभन्दा कडा सजाय दिलाउन सक्नु पर्छ । प्रत्येक घरमा रुख रोप्नै पर्ने व्यवस्था सम्बन्धित निकायबाट गराउन सके अझ प्रभावकारी हुन्छ । सडक विस्तारका क्रममा काटेका रुख भएको बाटोको किनारमा वृक्षारोपण र त्यसको उचित स्याहारको व्यवस्था हुनुपर्छ । जथाभावी र आफुखुसी बोरिङ गाँड्न समेत रोक लगाउनु पर्छ । जताततै वृक्षरोपण भए हरियाली र वर्षा भई गर्मी स्वतः कम हुँदै जान्छ ।
स्वास्थ्य समस्याहरु
हुनतः धेरै जसो रोग वा स्वास्थ्य समस्या गर्मीकै सिजनमा अत्याधिक हुने गर्छन । अत्याधिक गर्मीको कारण देखिने मुख्य समस्या ज्भबत कतचभकक नै हो । जसले गर्दा मानिसलाई रिङगटा, वाकवाकी लाग्ने, टाउको दुख्ने, शरीरमा उच्च ज्वरो हुने, वान्ता हुने र बेहोस हुने जस्ता समस्याहरु देखिन्छन् । समयमै स्वास्थ्य संस्थामा गई उपचार नगराउने र खानपानमा ध्यान नदिने होभने मृत्यु समेत हुन सक्छ । गर्मीका कारण छालाका विभिन्न समस्याहरु घमौरा कगल दगचल, कपष्ल बििभचनथ विभन्न किसिमका छालाका संक्रमण इत्यादि हुन सक्छ । गर्मीका कारण जन्डिस, पेट दुख्ने, झाडापखाला, हैजा, रगतमासी, फुड पोइजन, टाइफाइट जस्ता रोगका साथ साथै पर्याप्त मात्रामा पेयपदार्थ पिउन नसक्दा डिहाइड्रेसन र मृगौलामा समेत समस्या देखिन्छ । गर्मीको समयमा सावधानी नअपनाउँदा सर्पले डसेर धेरैको ज्यान समेत जाने गरेको छ ।
गर्मीबाट बच्ने उपायहरु
उच्च गर्मी वा यसको कारण उत्पन्न हुने स्वास्थ्य समस्याबाट बच्नको लागि अपनाउनु पर्ने मुख्य कुरा प्रसस्त मात्रमा पानी पिउनु हो । त्यसैगरी सफा स्वच्छ र ताजा खानेकुरा खाने, गर्मीको समयमा घर बाहिर ननिस्कने, निस्कनै परे शितल कपडा, छाता र चप्पल प्रयोग गरेर मात्र निस्कने गर्नुपर्छ । साथै कगलदयिअप को प्रयोग पनि राम्रो मानिन्छ ।
कडा गर्मीबाट बच्नका लागि विशेषगरि सेना, प्रहरी, खेलाडी आदिले गर्ने कडा परिश्रम तालिम गर्मी अवधिभर नगराउँदा वा कम गराउँदा राम्रो हुन्छ । शैक्षिक संस्थाका गाडी हुन या सार्वजनिक सवारी साधन सिट क्षमता भन्दा धेरै यात्रु नराख्ने ।
बजारिया खाना (जंक फुड) विल्कुलै नखाने, आफ्नो घर, टोल, गाँउशहर सफा राख्ने होभने पनि धेरै स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । छालाका रोगहरु कम गर्न पाउडर अबबिmष्लभयितष्यल प्रयोग गर्ने, घरबाहिर निस्कन परेमा वा काम गर्दा रुख वा अन्य बस्तुहरुको छहारीमा वस्ने दहि, काक्रो, खरवुजा आदि खाने दैनिक काम गर्दा समय समयमा आराम गर्ने कुनैपनि स्वस्थ्य समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्ने र गर्मी मौसममा खाना, पानी र दैनिक व्यवहारमा व्यत्तिगत र वातावरणीय सरसफाइमा कमी भएका कारण धेरै जसो स्वास्थ्य समस्या देखिने भएकोले शुद्ध, सफा पानी प्रसस्त पिउने, स्वच्छ ताजा खाना खाने व्यत्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिन सकियो भने धेरै स्वास्थ्य समस्याहरुबाट बच्न सकिन्छ ।