अन्तर पुस्ता साझा सवाल कार्यक्रम कुश्मामा

बालबालिकाको बिषयमा अध्ययन जारी

पर्वत, १८ जेठ – महिला बालबालिका मन्त्रालयको सहयोगमा आमा मिलन केन्द्र र सत्कर्म नेपालको आयोजनामा दुईदिने अन्तर पुस्ता साझा सवाल कार्यक्रम पर्वतको सदरमुकाम कुश्मा बजारमा शुक्रवार समपन्न भएको छ ।
बिहिवार भएको पहिलो दिनको कार्यक्रममा गाउँपालिका र कुस्मा नगरपालिकाका बालबलिकाहरुको भेलामा बाल अधिकार र वर्तमान अवस्था र बालबालिकाको नितिगत सवालमा छलफल गरिएको थियो ।
उक्त छलफलमा बालबालिकाले बालबिवाहको अन्त्य र बाल अधिकारको साझा सवालका विषयमा विभिन्न जिज्ञासा र भोगाईमा आधारित साझा प्रश्नहरु तयार गरेका थिए । दोश्रो दिन शुक्रवार बालबालिकाहरु र जिल्लास्थित जिल्ला समन्वय समिति, गैसस माहासंघ, महिला बिकास, शिक्षा, स्वास्थ्य, जिल्ला प्रहरी महिला सेल, न्याधिबक्ता, वार्ड अध्यक्ष, बिधालय शिक्षकहरुलाई समक्ष साझा सवालमा बालबालिकाहरुले प्रश्न गरेका थिए ।
बालबिवाह, गुणस्तरीय शिक्षा, किशोरी स्वास्थ्य नीति तथा कानुनी सवाल, बाल बिकास, बालबालिकाको श्रोत र साधन लगायतको बिषयमा उनीहरुले सरोकारवालासंग जिज्ञासा राखेका थिए । समस्यामा आधारित प्रश्नको जवाफ सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधिले नीतिगत ब्यवस्था, आफुहरुले गरेको प्रयाश र चूनौतीका वारेमा जानकारी दिदै समस्या समाधानका लागि सक्दो कार्य गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

सो अवसरमा जिल्ला समन्वय समिति पर्वतका सदस्य कबिता विकले बालबालिकाको बिषयमा अध्ययन गरी स्थानीय सरकारबाट नीति बनाई लागु गर्ने प्रतिवद्धता ब्यक्त गरिन । अन्तराष्ट्रिय संजालका संस्थापक सदस्य बैजन्ती कार्कीले बालविवाहमा नेपाल दोश्रो राष्ट्र भएकाले विस २०३० सम्म बाल बिवाह अन्त गर्ने रणनिति बनिसकेको जानकारी गराईन ।
कार्यक्रममा सत्कर्म नेपालका निर्देशक सिताराम थापाले अहिले नेपालका बालवालिकाले भोगिरहेका समस्या र स्थानीय सरोकारवालाले खेल्नुपर्ने भूमिकाका वारेमा वताए । आमा मिलन केन्द्रका अध्यक्ष ज्ञानु थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत अञ्जु जिसीले गरेकी थिईन ।