बैंश बेच्ने पसल (गजल)

मिठो नमिठो हुन्छ कुनै अतितको पल पनि ।
लाको भए कस्तो हुन्थ्यो ? उखुमा फल पनि ।।

काँडा बीचमा फक्रिएको गुलाबले धाक लायो ।
हेर्नुस् आखिर हिलोमा नै फूल्छ कमल पनि ।।

स्वार्थको विनिमयले पिरतीको मुल्य घट्यो ।
खोलिएछन् बजारमा वैँश बेच्ने पसल पनि ।।

जुन ठाउँमा उस्को आज भेटी समेत चढ्दैन ।
हो उसैले बनाएको मुर्तिसंगै महल पनि ।

भरियाको कथा लेखेँ सुनाएँ त्यो यसै भन्यो ।
लेख्दानी थाकिन्छ र ? गीत कविता गजल पनि ।।

देशको ऋण गर्भमै थाप्लामाथि नप¥या भए ।
आमा यस्तो हुन्थिएन यो एनपि घायल पनि ।।
फलेवास नगरपालिका–७ लिमीठाना, पर्वत