बरेङमा आरन सुधार तथा विकास तालिम

बागलुङ, १९ जेठ– जिल्लाको बरेङ गाँउपालिका वडा नं. २ हुग्दीशिर सिग्धारामा बरेङ गाँउपालिका र घरेलु तथा साना उद्योग विकास समिती बागलुङको संयुक्त आयोजनमा ५ दिने आरन सुधार तथा सिप विकास तालिम सकिएको छ । बरेङ गाँउपालिका भित्र परमपरागत तरिकाले बालिघरे प्रथाको रुपमा चल्दै आइरहेका आरनलाई व्यवस्थित र आधुनिक तरिकाले संचालन गरी बालीघरे प्रथाको अन्त्य गर्दै व्यवसायिक, रुपमा आरन संचालन गरि आत्मानिर्भर र स्वरोजगारको सिर्जना गर्नुका साथै कालीगढको सिप विकास गरि आरनलाई आधुनिकीकरण गर्ने उद्देशयका साथ तालिमको आयोजना गरिएको गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए । ५ दिनसम्म संचालन भएको तालिममा बरेङ गाँउपालिका अन्र्तगतका परम्परागत रुपमा आरन संचालन गर्दै आइरहेका ९ जनाको सहभागिता रहेको तालिममा यमबहादुर विश्वकर्माले तामाका आधुनिक भाडाबर्तन बनाउने तरिकाको सहजिकरण गरेका थिए । बरेङ गाँउपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको बरेङ गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष गुप्तप्रसाद कालाको अध्यक्षता, बिस्नबहादुर बिकको स्वागत, सहजकर्ता यम बहादुर विश्वकर्माको मन्त्ब्य, बागलुङ घरेलु तथा साना उद्योग विकास अधिकृत यम कुमारी श्रीसको संचालनमा सम्पन्न भएको थियो ।