पर्यटन, उर्जा, कृषि, उधोग र खनिज समृद्धिका आधार-मुख्यमन्त्री गुरुङ

संघिय बजेट र नेतृत्वको सोचाईप्रति गुरुङको आक्रोश

बागलुङ, १९ जेठ – प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पर्यटन, उर्जा, कृषि, उधोग र खनिज आफ्नो प्रदेशका समृद्धिका मुख्य आधार भएको वताएका छन । बागलुङ नगरपालिकाले शनिवार मुख्यमन्त्री गुरुङको सम्मानमा आयोजना गरेको कार्यक्रम वोल्दै मुख्यमन्त्री गुरुङले प्रदेश नं. ४ को समृद्धिको मुख्य आधार पर्यटन प्रदेशको पहिलो प्राथमिकतामा रहेको वताए । उनले भने, अवको बर्षमा पर्यटकलाई लक्षित गरेर सवै जिल्लामा ३०० होम स्टे बनाईनेछ । यसबाट समृद्धिको आधार तय हुनेछ ।
समृद्धिको दोस्रो आधार उर्जा भएकोले प्राथमिकता राखिएको वताए । ‘दोस्रो क्षेत्र उर्जा भएको र प्रदेश नं.४ जलश्रोतमा पनि मुलुकका सात वटा प्रदेशमा दोस्रो नै रहेको’ वताउदै गुरुङले उर्जाभित्र जल उर्जा, सौर्य उर्जा, बायु उर्जा र जैविक उर्जाका लागि यो प्रदेश उर्भर रहेको वताए ।
समृद्धिको तेस्रो आधार कृषि, चोथौ आधार उधोग र पाँचौ आधार खनिजलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुरु गरिएको उल्लेख गर्दै गुरुङले अबको बजेट यसैमा निर्धारित हुने वताए । कृषिमा आधुनिकीकरण र यान्त्रिकरण, मझौला, साना र लघु उधोगको स्थापना र औधोगिकरण, तामा, फलाम, सिसा खानीको उत्खनन र ग्यास उत्खनन् गरिनेछ, गुरुङले भने–यसका लागि अबको बजेट केन्द्रित हुनेछ । यी सवै कामका लागि पूर्वाधारको निर्माण पहिलो शर्त हो ।
स्रोत, साधानमा धनी भएर पनि मानव सुचांकमा बागलुङ पछाडि परेकाले प्रदेश सरकारले यहाँका जनताले अनुभुती गर्ने गरी काम गर्ने वताए । श्रोत र साधनको समानुपातिक वितरण हुनेछ । कसैलाई पनि अन्याय भएको महशुस हुन दिईने छैन ।

संघिय शासनको पहिलो अभ्यासमा भएकाले कतिपय काम गर्दा परिणाम आउन नसकेको वताउदै मुख्यमन्त्री गुरुङले हालसम्म जति काम भएका छन, ती सवै उत्साहकासाथ योजनावद्ध रुपमा समपन्न गरिएको जनाए । हाम्रा सवै काम उत्पादनमुखी, रोजगारमुखी, र सन्तुलित विकासको मोडेलमा तय भएका छन । १०० दिने कामको मुल्यांकन गर्दै गुरुङले भने, अभावैअभावमा समपन्न गरिएका कामले जनतामा आशा जगाउन सफल भएका छौ । अहिले हामी दुई कदम मात्रै अगाडि बढेका छौ । यसलाई सयप्रतिशतमा पुराउनु छ ।
संघिय बजेट र नेतृत्वको सोचाईप्रति गुरुङको आक्रोश
केन्द्र सरकारले प्रस्तुत गरेको संघिय बजेट र नेतृत्वको सोचाई संघियताको मर्म विपरित भएको वताउदै त्यसप्रति भने मुख्यमन्त्री गुरुङले आक्रोस ब्यक्त गरे । संघियता शासनसत्ताको बाँडफाँड मात्रै होइन, स्रोत र साधनको पनि समानुपातिक वितरण प्रणाली हो, यसलाई केन्द्रिय नेतृत्व र संघिय बजेटले अनुशरण गर्न सकेन् । ‘केन्द्रले आफ्नो ढुकुटी बाँडने जस्तो चिन्तन देखायो, संघिय शासन प्रणालीको मर्म वुझ्न सकेन’ मुख्यमन्त्री गुरुङले भने–समविकासलाई संघिय बजेटले पछ्याउन सकेन ।
आधारभूत समस्याको समाधान स्थानीय सरकारले, विकास निर्माण र पूर्वाधारको काम प्रदेश सरकारले र नीति नियम निर्माण र समन्वयको काम केन्द्र सरकारले गर्नुपर्छ, गुरुङले भने–सवै क्षेत्रमा केन्द्रिकृत गर्ने सोचाई संघियताको मोडेलमा पर्दैन । यसमा मेरो असहमती छ ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा उपप्रमुख सुरेन्द्र वहादुर खड्काले स्वागत र प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले गरेका थिए । सो अवसरमा नगरप्रमुख पौडेलले मुख्यमन्त्री गुरुङलाई दोसल्ला ओधाएर सम्मान पत्रले सम्मानित गरेका थिए ।