विकासमा फड्को मार्दै पर्वतको मोदी गाउँपालिका

पर्वत, २० जेठ– जिल्लाको मोदी गाउँपालिकाले आर्थिक बर्ष ७४÷७५ को जेठ मसान्तसम्म बजेट बिनियोजन भई स्वीकृत भएका धेरै कार्यक्रम सम्पन्न गरीसकेको छ । मोदी गाउँ कार्यपालिकाको पशु र कृषि सेबा शाखाले बजेट बिनियोजन भई स्वीकृत भएका धेरै कार्यक्रम सम्पन्न गरीसकेको हो । मोदी गाउँ कार्यपालिका पशु सेवा शाखाको लागि छुटिएको ५० लाख र कृषि सेवा शाखाको लागि छुट्टिएको ७० लाख बजेट बिनियोजन भई काम सम्पन्न भईसकेका छन् । कृषकहरुको बाहुल्यता रहेको गाउँपालिकाको रुपमा चिनिएको मोदीले बिषेशत कृषकलाई कसरी ब्यवसायिक रुपमा अगाडि बढाउन सकिन्छ भन्ने बिषयमा ध्यान केन्द्रित गरेको हो । गाउँपालिकाका प्रबक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष बिमल लामिछानेले पशुपालन तथा ब्यवसायिक रुपमा कृषि पेशामा लागेका कृषकहरुलाई मध्येनजर गर्दै गाउँपालिका अगाडि बढेको बताए ।
पशुपालन तथा कृषिको क्षेत्रमा कायपलट गर्ने कृषकलाई अनुदानका कार्यक्रम मार्फत अगाडि बढाईएको उनले बताए । गाउँपालिकाले दुध, मासु र अण्डामा आत्मनिर्भर गराउने उदेश्यले कार्यक्रम अगाडि बढाएको छ । दुध संकलन केन्द्र स्थापना कार्यक्रम अन्र्तगत बाजुङमा २ र तिलाहारमा २ गरी ४ ठाउँमा संकलन केन्द्रको स्थापना गरी प्रतिसंकलन केन्द्र बराबर ५० हजार अनुदान सहयोग गरेको छ । त्यस्तै मासुमा आत्मनिर्भर गराउने उदेश्य अनुरुप मासु पसल सुधार कार्यक्रम २ पसललाई ५० हजार अनुदान सहयोग गरेको छ ।
बाख्रा, बंगुर र गाई प्याकेज कार्यक्रम बनाई बिपन्न कृषकहरुलाई बाखा्र, बंगुर र गाई खोर सुधार तथा ढुवानी अनुदान सहयोग गरेको छ । त्यस्तै युवा लक्षित कार्यक्रम दुग्ध सहकारीको स्तर उन्नती खसीबोका संकलन केन्द्र तथा बिभिन्न शिर्षकमा कृषकलाई आत्मनिर्भर गराउने कार्यक्रम मोदी गाउँपालिकाले यस आर्थिक बर्षमा सम्पन्न गरी सकेको पशु सेवा शाखाका प्रमुख रामजी प्रसाद पौडेलले जानकारी दिए । यता, कृषितर्फ पनि गाउँपालिकाले विभिन्न कार्यक्रम सम्पन्न गरीसकेको छ । कृषिको पकेट क्षेत्रहरु घोषणा गरी बिभिन्न कार्यक्रम सञ्चालन भईरहेको छ । कार्यक्रम अन्र्तरत सुन्तला पकेट क्षेत्र, आलु पकेट क्षेत्र र अलैची पकेट क्षेत्र बनाई अनुदानका कार्यक्रम भईरहेको छ । त्यस्तै कृषि यान्त्रिकीकरणतर्फ कृषकलाई मिनी पावर टेलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि सेवा शाखा प्रमुख शारदा आचार्यले जानकारी दिइन् । उनका अनुसार, युवा स्वरोजगारका कार्यक्रम, साना सिँचाई, तरकारी हाईजिङ बिउ बितरण तथा कृषकलाई प्रत्सोहान गर्ने खालका बिभिन्न कार्यक्रमहरु गरीएको छ । ७५ प्रतिशत अनुदानमा मकै बिउ बितरण, कृषकको माग अनुसार माछाको भुरा ढुबानी, हिउँदे फलफुल मौरी पालक कृषकलाई २५ प्रतिशत अनुदानमा घार वितरण लगायतका कार्यक्रम गरिएको कृषि सेवा शाखाले जनाएको छ ।