एकीकृत पार्टीको चाहना : बिकास, समृद्धि र सुशासन

बागलुङ, २० जेठ– नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देबेन्द्र पौडेलले एकीकृत पार्टी र सरकारको मुल काम बिकास, समृद्धि र सुशासन हुनुपर्ने बताएका छन् । उनले पार्टी एकीकरण र संसदमा दुइ तिहाई बहुमत सहितको सरकार गठनको मुख्य चाहना पनि समृद्धिकै लागि भएको दावी गरे । एमाले र माओवादीको एकीकरण पछि उनीहरुका भातृसंगठनहरु प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा पौडेलले बलियो सरकार मार्फत संविधान संशोधन र ठोस काम गर्न सरकारमा दुइ तिहाई पु¥याइएको बताए ।

उनले यो एकीकरणले ईतिहासकै शक्तिशाली सरकार बनेको र त्यसले दिर्घकालिन महत्वका निर्णय गरेर देशलाई समृद्धिको बाटोमा हिडाउने बताए । उनले सरकारका निर्णयमा अदालतले हस्तक्षेप गर्न नसक्ने बनाउन र मधेसको माग सम्बोधन गर्न समेत उपेन्द्र यादवलाई सरकारमा ल्याएको पनि बताए । ‘कतिपय घटनामा अदालतले निहु“ खोजेका उदाहरण छन्, दुइतिहाईको शक्तिले ठोस काम गर्न सकिन्छ’ पौडेलले भने, ‘त्यस्ता काम गर्न अ सरकार बलियो भएको छ ।’ उपेन्द्र यादव पनि कम्प्युनिष्ट पृष्ठभूमिको भएकोले सरकारमा अटाउने प्रयास गरेको उनले बताए । अव संविधान संशोधन लगायतका मुद्दामा सहज रुपमा अगाडि बढ्न सकिने उनको दावी छ ।

दुइ छिमेकी चीन र भारत स“ग कुटनीतिक सम्बन्ध राख्न सफल भएको, दिर्घकालिन बिकासका लागि बजेट ल्याउन सफल भएको तर्क सहित बर्तमान सरकारको पनि उनले बचाउ गरे । ‘यो बजेट महत्वकांक्षी छैन, जिम्मेवार पूर्ण छ’ पौडेलले भने,‘आगामी ५ बर्ष भित्रमा पूर्वाधारको आधार बनाएपछि थप अर्को ५ बर्षमा मध्यम खालको बिकासमा पुग्ने योजना बजेटमा छ ।’ बाम गठबन्धन र पार्टी एकताको चाहना पनि दश बर्षमा बिकासको मोडलमा देशलाई हिडाउने, २० बर्षमा समृद्ध देश बनाउने भएको बताए ।

बागलुङको क्षेत्र नं. २ बाट निर्वाचित पौडेलले भौतिक बिकासको काममा केन्द्रीय तहबाट काम गर्न कठिन भएको गुनासो पनि गरे । संघियतामा गएकोले अवको बिकास स्थानीय तहबाटै संभव हुने उनको धारणा थियो । ‘चुनावका बेला धेरै आश्वासन दियौं, पुरा गर्न कठिन छ’ उनले भने,‘अव स्थानीय तहको सहकार्यमा पुरा गर्ने अभियानमा लाग्छौं ।’ संघिय मन्त्रालयमा चाहरेर बिकास बजेट फुत्काउन नसकिएको उनले बताए । केन्द्रीय तहबाट एउटा क्षेत्रको एउटा मुख्य कामका लागि मात्र बजेट दिने नीति बनाएकोले अरु काम स्थानीय तहबाटै गर्नुपर्ने उनले सुझाए । बिकासका लागि केन्द्रका धेरै मन्त्रालय र मुख्य मन्त्रीको भेट गर्ने उनले बताए । मुख्य मन्त्रीस“ग टकराव छ की भन्ने जिज्ञाशामा उनले सुमधुर सम्बन्ध भएको बताए । यस अघिका मुख्यमन्त्रीका कार्यक्रममा पौडेल नगएको र सामाजिक संजालमा असन्तुष्टी देखिएको भन्दै पत्रकारले प्रश्न उठाएका थिए ।