परिवार नियोजन संघको अध्यक्षमा निर्माण कुमार श्रेष्ठ सर्वसम्मत चयन

बागलुङ, २१ जेठ– नेपाल परिवार नियोजन संघ बागलुङको सभापतिमा निर्माण कुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वाचन कार्यक्रमअन्र्तगत आईतबार सम्पन्न अधिबेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संघको सदस्यहरु समेत सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा देवबहादुर श्रेष्ठ, हरिप्रसाद श्रेष्ठ, ताराप्रसाद गौतम, ज्योति श्रेष्ठ, त्रिकला थापा, प्रविण शंकर श्रेष्ठ, सीता राजभण्डारी र रेनुका राजभण्डारी सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता भुमिश्वर गौतमले बताए । बागलुङको पुरानो सामाजिक संस्थामध्ये परिवार नियोजन एक हो ।
निर्वाचन नतिजा घोषणा तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले सबैको साझा संस्थाका रुपमा संघलाई अगाडि बढाउने बताए । कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी र नयाँ विश्व डटकमको कार्यकारी सम्पादक मुकेश राजभण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित समितिको नेतृत्वलाई निर्वाचन समितिको अधिकृत अधिवक्ता भुमिश्वर गौतमले सपथ गराएका थिए । संघका सभापती निर्माण कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत सदस्य देवबहादुर श्रेष्ठ र संचालन नवराज तिवारीले गरेका थिए ।